• उर्लाबारी । मोरङको रतुवामाई —६ स्थित सौठा माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी बद्रीप्रसाद घिमिरे र शान्ता घिमिरेले २ लाख बराबरको अक्षयकोष खडा गर्नुभएको छ ।
    विद्यालयका शैक्षिक स्तरोउन्नती गर्ने उदेश्यले घिमिरे दम्पत्तिले आफ्ना स्वर्गिय बुवा अंगीराप्रसाद घिमिरे र आमा अयोध्या घिमिरेको स्मृतिमा सो अक्षयकोष खडा गर्नुभएको हो । २ लाख नगदको ब्याजबाट विद्यालयमा वर्षेनी एईई परीक्षामा उत्तिर्ण एक एक जना छात्रछात्रालाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्रअ लक्ष्मी कोईरालाले बताएका छन् । प्रअ कोईरालले दाता घिमिरेको सहयोग प्रति आभार प्रकट गर्दै अक्षयकोषले शैक्षिक गतिविधीमा काम गर्न सहजता भएको बताए । नेपाल सरकारका उपसचिवबाट सेवा निवृत भएका घिमिरेले २०३५ सालमा सो विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…