• देबु बानियाँ
    बाहुण्डाँगी । पाल्पा जेसीजका वर्ष २०१९ का अध्यक्ष प्रिय दर्शन शाक्यको आइतवार निधन भएको छ ।
    सामान्य अवस्थामा रहनु भएका ३७ वर्षीय अध्यक्ष शाक्य ३ दिन प्रेसर बढेपछि पाल्पा अस्पतालमा उपचारका लागि लगिएको थियो् । पाल्पामा उपचार सम्भव नभएपछि शनिवार उहाँलाई थप उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । शनिवार दिउँसो ११ बजे उहाँको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष रमेशचन्द्र भुषालले जानकारी दिनु भयो ।
    केही दिन अघि मात्त शाखामा अन्त मावि वक्तृत्वकला सम्पन्न भएको थियो । अध्यक्ष भएयता निरन्त शाखामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनु भएका कुशल नेतृत्वकर्ता शाक्यको निधनले यति बेला सिंगो नेपाल जेसीज र देशभरका शाखाहरु शोकमग्न बनेका छन् । वष्र्गा २०१९ लाई नेतृत्व गरिरहेका शाक्यको पार्थिव शरीरलाई आजै गृह जिल्ला पाल्पा लैजाने तयारी भइरहेको कार्यकारीणी उपाध्यक्ष भुषालले बताउनु भयो । भुषालका अनुसार शाक्यको प्राथिव शरीर पाल्पा र स्याङजाको सिमानामा रहेको राम्दी नदीमा अन्तिम दाहसंस्कार गरिनेछ । अध्यक्ष शाक्यका एक श्रीमती रीमा शाक्य, ३ छोरीहरु प्रेश्थाप्राजना र पल्ष्ठिा र बुबा चक्रमान शाक्य, आमा बिमला शाक्य रहनु भएको छ । रातोकलम परिवार पाल्पा जेसीजका अध्यक्ष शाक्यप्रति हार्दिक श्रद्राञ्जली अर्पण गर्दछौँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…