• बाहुण्डाँगी । तरहरा जेसीजले आयोजना गरेको ट्यालेन्ट हन्टको फिनाले शनिबार तरहरामा भव्य रुपमा सम्पन्न भएको छ ।
    फिनालेबाट ४ क्षेत्रमा उत्कृष्ट हुने व्यक्तिहरुलाई उत्कृष्टताको अवार्ड प्रदान गरिएको छ ।

    जसमा नृत्यतर्फ युनिभर्सल बोर्डिङ स्कुलकी निकिसा कठेतले अवार्ड जितिन, गायनमा इटहरी मोडलका अमिरन गौतमले बाजी मारे । पब्लिङ स्पिकिङमा विश्व आदर्शकी आरुष्का कट्टेलले जितिन र स्पेशल ट्यालेन्टमा पाथिभरा बोर्डिङका बिक्रम राई उत्कृष्ट भए । उनीहरुले जनही नगद पच्चीस हजार सहित सम्मान पत्र पाए ।

    तरहरा जेसीज बर्ष २०१९ का अध्यक्ष विकास गिरीले तरहरा जेसीजको इतिहासमा नौलो कार्यक्रम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले पहिलो पटक आयोजना गरिएको यो प्रकृतिको कार्यक्रमले पाएको सफलतामा सहयोग गर्ने सबै क्षेत्रका व्यक्तिहरुलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो–‘, विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्ने ठाउँ नहुँदा प्रतिभा मरेर जान नदिनका लागि हामीले उक्त प्रतियोगिता आयोजना गरेका हौँ ।’
    जेठको दोस्रो साताबाट सुरु प्रतियोगितामा इटहरीका विभिन्न स्कुलका ४ सय ५० भन्दा बढी सहभागी भएका थिए । उनीहरुमध्ये विभिन्न चरण गरि ३० जना छनौट गरिएको थियो । सोही ३० जना मध्येको ग्राण्ड फिनाले शनिबार राती तरहराको बिहीबारे बजारमा भव्य रुपले आयोजना गरिएको कार्यक्रम संयोजक सुनिल तिम्सिनाले बताए । उनका अनुसार विद्यार्थीमा अथाहा सम्भावना रहेको भएपनि प्रस्तूती दिन लजाउने र डराउने भएकाले त्यसलाई चिर्नका लागि पनि आँफूहरुले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
    कार्यक्रममा हालै सारेगममा तेस्रो भएका इटहरीका प्रितम आचार्यको प्रस्तुतीले कार्यक्रमको माहोल नै फरक बनेको थियो । उनको प्रस्तुतीले तरहराबासीलाई आनन्द मात्र होइन, नेपालीको छोरोले भारतमा मचाएको तहल्कामा खुसी समेत भएका थिए ।
    शाखा अध्यक्ष विकास गिरीको सभापतित्वमा मानव सेवा आश्रमका अभियन्ता रामजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा नेपाल जेसीजका पूर्व महासचिव अरुणेश्वर खनाल, सुरज ट्रेड सेन्टरका प्रोपाइटर प्रभात दाहाललगायतले बोल्नु भएको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव सुमन दाहाल र कार्यक्रम संयोजक सुनिल तिम्सिनाले सयुक्त रुपमा गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…