२०७६ आषाढ २
राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र जनविश्वास कायम राख्नुपर्ने बताउनुभएको छ ।
लोक सेवा आयोगको ६९औंँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाउन आयोगले निर्वाह गर्दै आएको भूमिका सराहनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले संविधानप्रदत्त काम, कर्तव्य र अधिकारको अधीनमा रही समग्र प्रशासनयन्त्रको गुणस्तरीयता, अनुशासन र नैतिकता अभिवृद्धि गर्दै सार्वजनिक प्रशासनलाई थप उत्तरदायी बनाउनु पर्छ । गोरखापत्र