• देबु बानियाँ
    बाहुण्डाँगी । कोरियामा हुन लागेको अन्तराष्ट्रिय जेसीजको एसीय प्यासिफिक कन्फ्रेन्समा (एसप्याक) सहभागी हुन नेपाल जेसीजको १७ जनाको टोली कोरिया प्रस्थान गरेको छ ।
    कोरियाको जेजुमा यहि जुुन १७ तारिख देखि २० तारिख सम्म हुने कन्फ्रेन्समा सहभागी हुन लागि टोली कोरिया प्रस्थान गरेको हो ।
    राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको नेतृत्वमा रहेको टोलीमा निवर्तमान अध्यक्ष सिनेटर श्रीधर बस्याल, अन्तराष्ट्रिय निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, कार्यकारीणी उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल (मिलन), कार्यकारीणी उपाध्यक्ष जेसी अमिश ढकाल, वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष जेसी अशोक शंकर, महासचिव सिनेटर अभिषेक श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्षहरु सुमनकृष्ण श्रेष्ठ, २०१८ का राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ, नेपाल जेसीजका आइटी कोडिनेटर आशिष शर्मा रहनु भएको छ । यसैगरी, काठमाडौँ जेसीजका तर्फबाट ६ जना पनि टोलीमा सहभागि छ । जसमा अध्यक्ष भुवनकुमार श्रेष्ठ, सदस्य सरु श्रेष्ठ, महासचिव अनुप सुनुवार, सदस्य तिलबहादुर गुरुङलगायत रहनु भएको छ ।
    यता नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको कार्यबहाक अध्यक्षको जिम्मेवारी कार्यकारीणी उपाध्यक्ष जेसी रमेशचन्द्र भुषाललाई दिइएको छ । राष्ट्रिय अध्यक्ष पौडेलले टोली नेपाल नआएसम्मका लागि भुषाललाई कार्यबहाकको जिम्मेवारी दिनु भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…