• लक्ष्मीमार्ग २ असार

    बेलवारी ११ लक्ष्मीमार्ग स्थीत रहेको डाँगिहाट युथ क्लव द्धारा दिपक राई सम्मानित भएका छन् ।
    बेलायतमा बस्दै आएका दिपक राई लक्ष्मीमार्गका पुराना बासिन्दा हुन् । बेलायतमै रहेर पनि सामाजीक क्षेत्रमा सक्रिय राई लक्ष्मीमार्गमा हुने प्राय खेलकुदमा तथा अन्य सामाजीक गतिविधीमा आर्थीक सहयोग समेत गर्दै आएका छन् । गत साल भएको दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगिहाट गोल्डकपमा पनि लक्ष्मीमार्ग बाट बेलायतमा गएर बसोवास गर्ने व्यक्तिहरु बाट प्रथम पुरष्कार १ लाख ११ हजार १ सय ११ सहयोग भएको थियो । सोमवार क्लवको हलमा एक कार्यक्रमको आयोजना गरी क्लवका अध्यक्ष विक्रम राई वडा सदस्य इन्द्र राई लगायत अन्य खेल प्रेमी स्थानीयको सहभागीतामा दिपकलाई मायाको चिनो दिदै सम्मान गरीएको थियो ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …