•  

    काठमाडौँ- क्यानडाको अल्बर्टामा चर्चित बन्न सफल कलाकार तथा गायक निश्चल नेपाल अमेरिकाको क्यालिफोर्निया आउने भएका छन् ।

    क्यालिफोर्नियको राजधानी साक्रामान्टोमा रहेका नेपाली सदस्यहरु र फलसममा रहेका नेपालीहरुसँगको सांगितिक भेटघाटको लागि गायक नेपाल यही आउँदो जुन १८ तारिखमा एक हप्ते कलात्मक र संगितिक भ्रमणका लागि क्यालिफोर्निया आउन लागेका हुन् ।


    क्यानडामा नेपाली कला संगित फैलाउने उद्देश्य राखेका नेपालले अमेरिकामा पनि आफ्नो कला संगित फैलाउने योजना राखेका छन् । यही योजनालाई मध्यनजर गर्दै उनी अमेरिकाको क्यालिफोर्निया आउने भएका हुन् ।

    क्यालिफोर्नियामा रहेका नेपाली समुदायका विशिष्ट व्यक्ति सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि रहेको उनी बताउछन् । क्यालिफोर्नियाको फलसममा आयोजना हुने संगितिक भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन् ।

    नेपाली कला संगितको माध्यमबाट अमेरिका र क्यानडामा रहेका नेपाली मनहरुलाई जोड्न सकिने कुरामा उनी विश्वस्त छन् ।अल्वर्टा हेल्थ सर्भिसेजमा कार्यरत कलाकार तथा गायक नेपाल विगत सात वर्ष देखि क्यानडामा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…