• तेजन खड्का
    उर्लाबारी । मानिसहरुको खचाखच उपस्थिती अनि चहलपहल,भब्य साँस्कृतिक कार्यक्रमको आयोजना । अवसर थियो, धिमाल जातिको महान पर्व सिर्जात अर्थात जात्रिको समापन । कार्यक्रमको प्रमुख अथिती थिईन्, प्रतिनिधी सभाका उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फे ।
    कार्यक्रमकी प्रमुख अतिथी तुम्बाहाम्फे सदा झै आफ्नै पोषाकमा सजिएकी थिईन्, जव उनलाई आयोजकले मायाको चिनो लिन बोलाए तब उनलाई आयोजकद्धारा पेटानीमा सजाईयो । पेटानी धिमाल महिलाले लगाउने प्रमुख पोषाक हो ।

    शिवमायालाई जव पेटानी लगाईयो,तव धिमाल समुदायले तालीको पर्राले माहोल तताए । तुम्बाहाम्फेलाई पेटानीले निक्कै सुहाएको थियो । उनले धिमाल समुदायको सद्भाव र मायालाई आभार तथा धन्यवाद प्रकट गरिन् । भनिन्, हाम्रो देश वहु जाति धर्मसंस्कृतिको देश हो, हजुरहरुको मायाले गौरभान्वित बनाएको छ । पेटानीमा तुम्बाहाम्फे निक्कै खुशी भएकी थिईन् ।
    लगत्तै उपसभामुखले पेटानी लगाएको दृश्य कैद गर्न सञ्चारकर्मीले तछाड मछाड गरेका थिए ।
    कार्यक्रममा बोल्दै तुम्बाहाम्फेले समाज परिवर्तनका लागि सबै जाती र धर्मबीच सहकार्य आवश्यक रहेकोमा जोड दिईन् ।
    उर्लाबारी नगरपालिका – ३ स्थित धिमाल जाति विकाश केन्द्रले जात्री पर्व समापनको अवसरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले आफ्नो धर्म संस्कार मात्र होईन अन्य जातिको संस्कार संस्कृतिलाई पनि सम्मान् गर्नुपर्ने बताईन। उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानको मौलिक हकमा सबै धर्म र संस्कारको जगेर्ना गनुपर्ने कुरा उल्लेख भएकाले सरकार सबै धर्म र संस्कार संस्कृतिको जगेर्ना र प्रबद्र्धनमा लाग्नुपर्ने बताईन् ।
    संबिधानमा उल्लेख हुँदैमा आफ्नो धर्म, संस्कार र संस्कृतिको जगेर्ना नहुने उल्लेख गर्दै उनले भनिन्, त्यसका लागि यस विषयमा सबैले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्छ ।
    धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ ।

    ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिन्छ ।
    यो पर्व धिमालका प्रदेश न १ का ९८ वटा भन्दा बढी टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । उर्लाबारीमा जात्री मेला आयोजना गर्दै यसवर्षको पर्व समापन भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…