• सान नेपाल

    झापा । एकादेशमा अत्यन्तै गरिव व्राम्हण दम्पती रहेछन् । उनका दुई भाई छोरा र दुई वहिनि छोरी रहेछन् । दुई भाई छोरा मध्ये कान्छो छोरा भाग्यले ठगेर अन्धो वनेको रहेछ । जेठो छोराको एउटा मात्र आँखा रहेछ, अनी उनी वालापनमै दिर्घ रोगी ।
    यो कुनै लोक कथा नभएर गौरादह ४ धरधरे शिव मन्दिरको छाना मुनी वसोवास गर्दै आएका भट्टराई दम्पतिको हो । जुन परिवार अहिले अत्यन्तै पिडा भित्र डुवुल्की मार्दै खुशी खोजिरहेको छ । ठुलो छोरा प्रकास २६ वर्षका भए । लाउला खाउलाको उमेरमा अहिले उनी अचम्मको रोग लागेर ओछ्यान परेका छन् । विगत ७÷८ वर्ष देखी थलिएका प्रकासको दयनिय अवस्था देखेर आँखामा आँसु नभरिने सायद कोही छैन होला । प्रकास भट्टराई आफु बाँचेर बृद्ध अवस्थामा पुगेका वुवा आमालाई सहारा दिने उनले ठुलो धोको वोकेका छन् तर कसरी बाँच्ने उनलाई थाहा छैन । बृद्धावस्थामा रहेका कृष्णप्रसाद भट्टाराईलाई अहिले ठुलो समस्या आइपरेको छ । बृद्ध अवस्थामा रहेका वहालाई पर्नु पिर परेको छ । वहाँ जसरी भएपनि छोरालाई बचाउन चाहानुहुन्छ । भट्टराई परिवारले सवै संग सहयोगको अपेक्षा गरेको छ । प्रकासको उपचारमा अहिले सम्म १ लाख भन्दा वढी खर्च भइसकेको उनको परिवारले जानकारी गराएको छ । थप उपचारको लागी भट्टराई परिवारले सवै संग अनुनय विनय गरेको छ । आज मैले एउटा गरिव र सहारा विहिन परिवारको कथा लेख्ने कोसिस गरेको छु ।

    सायद मैले लेखेको यो सत्य घटनामा आधारित कथाले सायद तपाँईको मन जित्न सक्छ होला भन्ने विस्वास लिएको छु । मैले धेरै असहायहरुको अपिल गरें तर आज मैले तपाँईहरुलाई अत्यन्तै आशावादी भएर प्रकास भट्टराईको उपचारको लागी अपिल गरेको छु ।

    विगतका दिनमा यस्ता धेरै आवाजविहिन आवाजहरुको कारुणिक कथालाई हामीले पवित्रमनहरु संग पु¥याउन कोशिस मात्र गर्दा पनि अमुल्य सहयोगहरु प्राप्त हुने गरेका थिए । कल्याणकारी मन् हरु यस्ता मन् हुन् जसको हृदयमा स्वयं भगवान विराजमान हुनु भएको हुन्छ । तपाँईको अमुल्य सहयोगको हामी प्रतिक्षा गरिरहने छौं । तपाँईको सानो सहयोग कसैको लागी अमुल्य उपहार वन्न सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…