काठमाडौं । सामाजिक काममा क्रियाशिल संस्था माउण्ट एभरेष्ट सेवा समाज नेपालले इटहरी उपमहानगरपालिका अपाङ्ता भएकी सदिक्षा पौडेललाई सहयोग गरेको छ । संस्थाले ह्विल चियर,लत्ता कपडा, स्टेशनरीका समाग्री र नगद सहयोग गरेको हो ।
सहकोषाध्यक्ष प्रमिला भेटुवाल,सचिव सुसान प्रसाइ,सदस्य बिरेन्द्र घिमिरे ,गिता कटुवाल,सबिना धिमाल सहयोग संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सामाजिक सन्जाल मार्फत सदिक्षाको समस्या देखेपछि सहयोग गरिएको सहकोषाध्यक्ष प्रमिला भेटुवालले बताईन् । सदिक्षाकी आमा मिनाले माउण्ट एभरेष्टको सहयोगले छोरीको जिवनमा खुशी तथा सहजता मिलेको भन्दै आभार प्रकट गरेकी छिन् ।
माउण्ट एभरेष्ट सेवा समाज को परिचय
सामाजिक कामका लागि गठित सस्था हो।
जस्तै दैविक प्रकोपमा परेका व्यक्तिहरु / अपाङ्ग/अनाथ बालबालिका/वृद्ध /असायहरु को सहयोगकोलागि गठित सस्था हो।
यस संस्थामा नेपाल लगायत विश्वका बिभिन्न देशमा रहेका नेपाली socialmedia बाट जोडिएर बनेको संस्था हो। संस्थाले छोटो समयमा धेरैवटा सहयोग गरिसकेको छ।
स्वास्थ स्थापित मिति २०७४ पुस २२ गते सामाजिक सञ्जालबाट आवद्ध भएर केहि राम्रा काम गर्न सकौं भनेर स्थापना गरिएको संस्था हो, माउण्ट एभरेष्ट सेवा समाज नेपाल ।
विशेषत यस संस्थाले गरिब तथा असाहय,दिनदुखी, अपाङ्ग ,विरामी अनाथ वालवालिकाको हितमा निस्वार्थ रुपमा काम गरिरहेको छ,गर्नेछ । यस संस्थाले नेपालमा विशेष सहयोग पुर्याईरहेको छ । वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई एकिकृत गरेर हाल माउण्ट एभरेष्टले विभिन्न सामाजिक काम गरेको छ । माउण्ट एभरेष्टले काठमाडौं मूलपानीस्थित कलाकार शुलेमान शंकरद्धारा सन्चालित स्नेह वाल आश्रमलाई नगद ५१ हजार,स्टेसनरीका समाग्री,लत्ता कपडा वितरण गर्दै खाना तथा खाजा समेत खुवाएको थियो ।
संस्थाकी उपाध्यक्ष शोमा क्षेत्री,कोषाध्यक्ष प्रमिला भेटवाल, सदस्य देवी खनाल ,मुना क्षेत्री,कानुनी सल्लाहकार देवेन्द्र बुढाथोकी र प्रभा पण्डितले उक्त नगद संयुक्त रुपमा शुलेमान शंकरलाई हस्तान्तरण गर्नुभएको थियो ।
माउण्ट एभरेष्टले यसअघि काभ्रेपलाञ्चोक जिल्ला टिमाल गाउँ पालिका वडा नं २ बस्ने मृगौला पिडित जितमान तामाङलाई नगद २१ हजार सहयोग गरिसकेको छ । माउन्ट एभरेष्ट सेवा समाजको प्रथम कोषाध्याक्ष प्रमिला भेटुवाल सदस्य देवी खनाल सदस्य विनु तामांङले उक्त नगद विरामी र विरामीको परिवारलाई हस्तान्तरण गरेको थियो । यसैगरी माउन्ट एभरेस्ट सेवा समाज नेपालका मिडिया संयोजक तेजन खड्का अचानक दुर्घटनामा पर्नुभएको थियो। उहाँको उपचारको लागि सम्पूर्ण खर्च माउन्ट एभरेस्ट सेवा समाज नेपाल ले गरेको थियो।
त्यसैगरी २०७५ / माघ / २५ गते मोरङ्ग जिल्ला रतुवामाइ नगरपालिका ५ जना अपाङ्ग ढुङगाना परिवारलाई खाध्यान्न लत्ता कपडा अोडने अोछयाउने । लगायत विभिन्न सामाग्री साथै नगद सहयोग गरेको थियो।
सोहि दिन । हाम्रो माउन्ट एभरेस्ट सेवा समाज नेपाल कि सल्लाहकार मन्जु परियार बिराटनगर नोवेल हस्पिटलमा उपचार भइरहेको थियो। उहाँ सिकिस्त अबस्थामा उपचारका लागि माउन्ट एभरेस्ट सेवा समाज नेपाल ले केहि नगद सहयोग गरेको थियो।
त्यसैगरी स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर 9 भकुण्डे बस्ने श्री खुम बहादुर गुरुङ ज्यु को दुइटै मिर्गौला फेल भएर। हाल ग्रान्डी हस्पिटलमा उहाँको उपचार को क्रममा सस्था का अध्यक्ष इन्द्र बहादुर कटुवाल उपाध्यक्ष सोभा रोका देबि खनाल मुस्कान तामाङ सयुक्त रुपमा नगद ३१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो।
तेसैगरि सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँ पालिका वडा नं : १ मा रहेको दिपज्योति आधारभुत बिध्यालय का सबै बिध्यार्थी लाइ लत्ता कपडा र स्टेसनरी का सामाग्री वितरण गरिएको छ।
तेसै गरि अर्को सहयोग गरेको छ ।
मिर्गौला पिडित बहिनीलाइ उनी आफ्ना श्रीमान योनस भुजेल र एक छोरा सहित काठमाडौंको बालाजुमा बस्दै आएकी छिन् । उनको स्थायी घर दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. १ हो।
माउन्ट एभरेष्ट सेवा समाजले आफ्नै सदस्यहरुबाट उठाएको रु.३१,१५०।–आर्थिक सहयोग स्वरुप मृगौला पीडित राईलाई संस्थाका नेपालस्थित अध्यक्ष देवीप्रसाद खनाल, कोषाध्यक्ष पासाङ लमु तामाङ तथा सदस्य शर्मिला राईले हस्तान्तरण गरेका हुन् ।
अरु पनि सहयोग को अपिल हरु छन्। हामी सकेको सहयोग पुर्याउने नै छौं।
भईपरिआउने विविध समस्यालाई सहयोग पुर्याउनुनै संस्थाको उदेश्य हो । थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै संस्था अहिले आफ्नो सदस्यबाट स्वईच्छा सहयोगबाट विभिन्न ठाउँमा सहयोग पुर्याउदैं आएको छ । सहयोगको कामलाई मूर्तरुप दिनका लागि संस्थाले निकट भविष्यमा नै अक्षयकोष खडा गर्दैछ । सहयोगी मन भएका धेरै जना नेपाली दाजुभाई समेटेर निश्वार्थ सामाजिक काम गरिरहेको माउण्ट एभरेष्ट सेवा समाज नेपाल यतिवेला सामाजिक काममा तिब्र रुपमा अघि बढेको छ। को मेची महाकाली हिमाल पहाड तराई चार जात छ्तीस वर्ण को फूलबारी दुःखी पिडित को मलमपट्टी बन्दै गरेको माउन्ट एभरेस्ट सेवा समाज नेपाल हो। धर्म जाति पार्टी भन्ने सोच भन्दा माथि उठेर, हौ त केवल हामी नेपाली भनेर अघि बढेको छ । स्वदेशमा मात्र नभएर विदेशमा पनि कोही नेपाली साह्रो गाह्रोमा परे सहयोग गर्न संस्था क्रियाशिल छ ।
संस्थाको माध्यमबाट विभिन्न ठाउँका सदस्यहरु नेपाली दाजुभाइ दिदीबहिनीहरु र पदाधीकारीहरुमा भाईचारा आपसी सद्भाव मिलेको छ भने सामाजिक काममा सहयोग गर्ने दाताको मन जित्न सफल भएको छ । नेपाललगायत
कतार,साउदी, कुवेत, साइप्रस, इन्डीया यु एस लगायतका विभिन्न देशमा श्रम गरिरहेका नेपाली युवाहरु यस संस्थामा आबद्ध छौ।
सामाजिक काममा क्रियाशिल मन भएका युवाहरु सामाजिक सन्जाल मार्फत जोडिएर संस्था निर्माण गरेको हो।
आफ्नो देश बट बाहिर भएतापनि गाउँ प्रतिको सामाजिक उत्तरदाहित्व पुरा गर्न हामी क्रियाशिल भएका हौ,,संस्थामा अहिले ३०० भन्दा बढि सदस्यहरु छौ।अन्य साथीभाईहरु पनि जोडिदैं हुनुहुन्छ । कार्यसमितिमा नभएपनि साधरण सदस्य मार्फत धेरै जना साथीहरु यस संस्थामा आवद्ध हुनुहुन्छ । सामाजिक सन्जालको दुरुपयोगको समाचारहरु आईरहेको बेला यसको प्रभावकारीता यसकै माध्यमबाट माउण्ट एभरेष्टले रचनात्मक कामहरु गरेर देखाएको छ । यो यात्रामा निरन्तर लागिरहनेछ ,प्रवक्ता योगेश दहाल बताउछन् ।
माउन्ट एभरेस्ट सेवा समाज नेपाल