उर्लाबारी । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले धर्म, भाषा, संस्कार र संस्कृतिको सबैले संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
मोरङको उर्लाबारीमा सोमबार धिमाल जातीय विकास केन्द्रको आयोजनामा भएको जातिरी÷सिर्जात समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
धर्म–संस्कृति र संस्कारको संरक्षण र प्रवद्र्धन नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा सूनिश्चित गरेको उनले बताइन् । ‘संविधानले मौलिक हकमा सुनिश्चित गर्दैमा आफ्नो धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण हुन्छ होइन’ उनले भनिन्–‘त्यसको संरक्षण र प्रवद्र्धनमा तपाई हामी सबै एकजुट भएर लाग्न जरुरी छ ।’ आफ्नो धर्म–संस्कृति र संस्कार हुँदाहुँदै बाहिरी धर्म–संस्कृति र संस्कार प्रभाव बढिरहेको भन्दै उनले चिन्ता प्रकट गरिन् । नयाँ पुस्तालाई आफ्नो धर्म, भाषा, संस्कार र संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै अर्को जाती तथा समूदायको संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नु पर्नेमा उनले जोड दिइन् । ‘अधिकार पाएनौं भनेर मात्र हुँदैन’ उनले थप्दै भनिन्–‘पाएको अधिकारलाई सही सदुप्रयोग गर्न सक्नु पर्छ ।’ सबै जातजातीको भाषा अध्ययन गर्न पाउने व्यवस्था संविधानमै उल्लेख रहेको र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबै समूदाय लाग्नु पर्ने उनको भनाई छ । भाषा र संस्कारका बारेमा आफ्ना छोराछोरीलाई सिकाउन आवश्यक रहेको उनले बताइन् । ‘धर्म, भाषा, संस्कार र संस्कृतिका बारेमा भाषण गरेरमात्र हँुदैन’ उनले भनिन् –‘ संविधानमा उल्लेख भएका अधिकारहरुलाई ब्यवहारमा ल्याउँदा धेरै विकास हुन सक्छ ।’
एउटा भाषा र संस्कृति संरक्षण भएर समाज परिर्वतन हुन नसक्ने उनको भनाई छ । अन्य समूदायले हेप्यो भन्दा पनि मैले मेरो समूदायको लागि कति काम गरे भन्ने हेक्का राख्न उनले आग्रह गरिन् । धिमाल समूदायको उत्थानका लागि आफूले पदीय जिम्मेवारीअनुसार गर्न सक्ने सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् । जातिरी÷सिर्जात समापनको अवसरमा धिमाल समूदायको विकासमा सहयोग पु¥याउने आधा दर्जन बढीलाई सम्मान गरियो । बैशाख २ गते मोरङको भोगटेनीस्थित राजारानीबाट सुरु भएको जातिरी÷सिर्जात विभिन्न गाउँ÷टोलमा दुई महिनासम्म मनाएर सोमबार उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रमा आएर समापन गरिएको केन्द्रका महासचिब केदार धिमालले जानकारी दिए । जातिरी÷सिर्जात समापनमा मुख्य गरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल समूदाय तथा गैरधिमाल समूदायको उल्लेखिय सहभागिता रहेको थियो । समापनको अवसरमा मेलासमेत आयोजना गरिएको थियो ।
धिमाल समूदायका युवतीहरु आफ्नै जातीय पोशाक (पेटानी) मा जातिरी÷सिर्जातमा पुगेका थिए । सोही अवसरमा विभिन्न जातजातीको नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको सभापतित्व समापन भएको थियो । त्यस्तै, जातिरी÷सिर्जातको समापनको अवसरमा सोमबार मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको थियो भने झापाको दमक नगरपालिकाले पनि स्थानीय सार्वजनिक विदा दिए