• कुमार खड्का

    पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको शुन्दर सामुदायिक वन क्षेत्रमा सोमवार दिउसो मृत अवस्थामा भेटिएका एक व्यक्तिको पहिचान खुलेको छ ।

    सोमवार दिउँसो वनमा घास दाउरा गर्न जाने व्याक्तिहरुले वनमा दुर्गन्ध फैलिएको थाहा पाएपछि प एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।

    मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ५ वस्ने बर्ष ७१ का प्रेम प्रसाद न्यौपाने रहेको उनले लगाएको कपडाको आधारमा परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ ।

    विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भए पश्चात उनको परिवार घटना स्थलमै आएर उनले लगाएको कपडाको आधारमा आफ्नो भएको जानकारी दिएको प्रहरीले जनाएको छ ।

    मृतककी वुहारी विना न्यौपाने सँगको टेलिफोन सम्पर्कका आधारमा वुवाले प्रयोग गरेको पेन्ट, टि–सर्ट, भित्रि वस्त्र र पेन्टमा प्रयोग गरिएको वेल्ट समेत एउटै रहेको जानकारी दिएकी छिन् ।

    न्यौपाने गत जेष्ठ २८ गते विहान मंगलवार विहान देखि आफ्नौ घरबाट सम्पर्क बिहिन भएको सुचना यस अघिनै प्रकाशन प्रसारण भईसेको थियो ।

    प्रहरीका अनुसार सोमवार नै उनका आफन्त आई उनले लगाएको कपडाको आधारमा पहिचान गरेको र थप कुरा उनको पोष्टमार्टम रिर्पोट पश्चात वताउन सकिने जनाएको छ ।

    उनको शरिर सडिएको अवस्थामा रहेको छ । मृत अवस्थामा फेला परेको ति व्याक्तिको अनुहार चिन्न नसकीने अवस्थामा रहेको छ भने उनले लगाएको पेन्ट खोलीएको अवस्थामा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…