• विश्वराज तामाङ
    उदयपुरमा असार १ गते चौदण्डिगढि नगरपालिका स्थित स्थानिय ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थी अजय राई माथिको कुटपिट पछि विद्यार्थी कुटपिटमा संलग्न पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिए पछिको यस घटनाले सर्वत्र चर्चा र चासोको बिषय यतिवेला बन्दै गएको छ ।
    सामाजिक संजाल र समाचारहरुमा जसरी घटनामा संलग्न भनिएका पत्रकार देवराज राईको नाम आईरहेको छ तर घटनाको वास्तविकता र मुख्य पात्र भने पत्रकार देवराज राई नभएर उल्टोमोटरसाईकल यात्री तथा स्थानिय पत्रकार चित्रकुमार कार्की र मिस स्टेड विजेता तथा ह्याण्डवल खेलाडि रमिला बस्नेत हुन् ।

    घटनामा ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थी अजय राईलाई कक्षा संचालन भईरहेकै वेलामा कक्षा कोठाबाट बाहिर निकालेर ह्णडवल खेलाडि साथै आफुलाई पत्रकार दावी गर्ने रमिला बस्नेत र उदयपुर सिम्रिक दैनिकमा आबद्ध चित्रकुमार कार्कीले कुटपिट गरे पछि घटना बाहिरीएको थियो । त्यस क्रममा त्यहाँ पुगेका मिस स्टेट विजेता समेत रहेका रमिला बस्नेतले कक्षामा पढि रहेका विद्यार्थी अजय राई माथि एक्कासी जाई लागेका थिए, विद्यार्थी माथि जाई लागे पछि उनी संगै पुगेका उल्टोमोटरसाईकल यात्री चित्रकुमार कार्कीले विद्यार्थी राईलाई हातपात गरेको घटनाका प्रत्यक्षदर्षी शिक्षक बद्रि पराजुली वताउछन् ।

    क्याम्पसमा एक्कासी आईपुगेका उनीहरुले अजय राई भन्ने को हो भन्दै आएर विद्यार्थीलाई बाहिर निकालेका थिए त्यस क्रममा शिक्षक पराजुलीले के बिषयमा किन विवाद गरेको हो बसेर राम्रो संग कुरा गरौ भन्दा उनीहरुले विद्यार्थी माथि हातपात गरेका थिए ।

    घटनाका दुई पात्र चित्रकुमार कार्की र रमिला बस्नेतले क्याम्पस हाता भित्र पुगेर विद्यार्थीलाई हातपात गर्नु आफैमा गलत कार्य हो, जहाँ कुटपिटमा संलग्न चित्रकुमार कार्कीले आफुहरु पत्रकार भएको भन्दै त्यस किसिमको क्रियाकलापमा संलग्न हुनु आफैमा पत्रकारको आचरण विपरितको कार्य हो । यस्तो कार्यले पत्रकारको परिचयलाई सामाजिकरुपमा बद्नाम गराउने काम गरिएको छ । पत्रकारले कहाँ के गर्न पाउने के गर्न नपाउने घटनाका पात्रहरुले बुझ्न जरुरी थियो ।

    घटना घट्नुको वास्तविक पृष्ठभुमी
    घटनाका मुख्य दुई पात्र (सुन्नमा आए अनुसार) चित्रकुमार कार्की र रमिला बस्नेत केहि समय यता प्रेम संबन्धमा रहदै आएका थिए । कार्की र बस्नेत प्रेम संबन्धलाई विवाहमा परिणत गर्ने तयारीमा थिए, त्यसका लागि कार्कीले अभिभावक लिएर बस्नेतको घरमा समेत केटि माग्न पुगेका थिए । तर केटि पक्षको परिवारबाट केहि समय पछि मात्रै निर्णय बताएका थिए ।

    करिब एक महिना यता उदयपुरको चौदण्डिगढि नगरपालिका बेल्टार क्षेत्रमा एक यौन क्रियाकलाप सहितको अश्लील भिडियो सार्वजनिक भएको रहेछ । उक्त भिडियोमा एक पात्र भने कुटपिटमा संलग्न रमिला बस्नेत हो भन्दै हल्ला फिजाईए पछि मिस स्टेड विजेता तथा ह्याण्डवल खेलाडि समेत रहेका बस्नेत पिडामा रहेकी थिईन् । बेल्टारका केहि युवाहरुले सो भिडियोको एक पात्र रमिला हुन् भन्दै हल्ला फिजाएको सुने पछि उनी केहि समय यता मानसिक पिडा भोग्दै आएकी थिईन् ।

    भिडियो र हल्ला फिजाईए जस्तो थिईन् थिईन्न त्यसको कुनै आधार र पुष्टि हाल सम्म छैन तर दिन प्रतिदिन रमिलाले मानसिक पिडा भने खेप्दै आएकी थिईन्, उनले स्थानिय साथीभाई र महिला अधिकारकर्मीहरुलाई समेत आफ्नो बिषयमा यस्तो हल्ला चलेको भन्ने जानकारी दिएकी थिईन् । उनलाई साथीभाई र स्थानियम महिला दिदिबहिनीहरुले यस बिषयको दोषी पत्ता लगाएर कानुनी उपचारमा जानका लागि सल्लाह समेत दिएका थिए ।
    उनले पनि आफ्नो चरित्र हत्या गर्नका लागि उक्त भिडियो संग आफ्नो नाम जोड्ने दोषीहरु पहिचान गर्दै गरेको र कानुनी कार्वाहिको तयारी गर्दै गरेको पछिल्लो पटक बेल्टारका स्थानिय महिलाहरुलाई बताउदै आएकी थिईन् ।

    उनले आफ्नो चरित्र हत्या गर्ने दोषी पहिचान गर्ने क्रममा ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत अजय राई माथि आरोप लगाउदै उनले आफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै असार १ गते राई माथि आक्रोस पोख्नका लागि पुगेका थिए सो क्रममा चित्रकुमार कार्की र रमिला बस्नेतले अजय राई माथि क्याम्पस परिसरमानै हातपात गरेका थिए । तर रमिलाको चरित्र हत्या गर्नका लागि राई संलग्न रहे नरहेको त्यसको हाल आधार र कुनै पुष्टि छैन, उनी पिडितनै थिईन् र अजय राई दोषीनै भए उनले प्रमाण सहित संबन्धि निकायमा उजुरी र कार्वाहिको लागि प्रक्रिया चाल्नु पर्ने थियो तर त्यसो हुन नसके पछि घटनाले फरक रुप लिएको हो ।

    पत्रकार देवराज राईको कुरा
    पहिलो कुरा पत्रकार देवराज राई झगाडालु स्वभावका हुन होईनन् त्यो मैले भन्दा पनि उनलाई नजिकबाट चिन्ने जान्नु हुनेहरुलाई थाहानै होला । घटनाका चार पात्र मध्ये अन्य दुई पात्र पत्रकार देवराज राई र गाईघाटका स्थानिय युवा शिव रोइला हुन्, पत्रकार देवराज राई गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकमा आबद्ध छन् । म आफै पनि त्रियुगा एक्सप्रेस दैनिकको प्रकाशक÷सम्पादक घटना असार १ गतेको उदयपुरमा छैटौ शंस्करणको उदयपुर गोल्डकप प्रतियोगीता जारी छ, यस क्रममा आयोजक उदयपुर ११ र झापा ११ विच खेल तालिका अनुसार खेल तय भएको थियो ।

    उता उदयपुरको बेल्टारमा ओलम्पीक दिवशको अबरमा स्थानिय ह्याण्डवल एकेडेमीको आयोजनामा ह्याण्डवल प्रतियोगीताको आयोजना गरिएको थियो । ह्याण्डवल प्रतियोगीताको समाचार संकलनको लागि पत्रकार देवराज राई त्यस तर्फ प्रस्थान गरेका थिए । समाचार संकलन गरेर फर्कने क्रममा उनले गाईघाट सम्म फर्कनको लागि शिव रोइला संगको सहयोग मागेका हुन्, गाईघाट फर्कने क्रममा रमिला बस्नेत र चित्रकुमार कार्की संग भेट भएका उनीहरु संगै फर्कदै थिए ।

    त्यसै क्रममा रमिला बस्नेत र चित्रकुमार कार्की बाटोमै पर्ने ज्योती बहुमुखी क्यापस परिसरमा छिरेका थिए, त्यस समय सम्म पत्रकार राई र सहयोगी रोइला भने बाटोमै रहेका थिए । केहि समय सम्म पर्खदा पनि बस्नेत र कार्की नफर्के पछि उनीहरु क्याम्पस परिसर पुग्दा त्यहाँ बस्नेत र पत्रकार चित्र कार्की विद्यालयमा अध्यानरत अजय राई माथि हातपात गर्ने क्रममा रहेका थिए । त्यो देखे पछि पत्रकार राईले दुई पक्ष विचमा छुट्याउने प्रयास गरे उनले क्याम्पस परिसरमा आएर यस्तो गर्न नहुने थियो चित्र कार्कीबाट गल्ती भयो भन्दै क्याम्पसका प्रध्यापक संग माफी समेत मागेका थिए ।

    त्यस क्रममा घटनाको पृष्ठभुमीको बारेमा यथार्त कुराहरु बस्नेत र कार्कीले क्याम्पसका प्रध्यापक र विद्यार्थीहरुलाई सुनाउदै गरेको क्रममा क्याम्पसबाट प्रहरीलाई खबर गरे पछि प्रहरीले घटनामा मुख्य दुई पात्र रमिला बस्नेत, चित्रकुमार कार्की सहित पत्रकार देवराज राई र शिव रोइलालाई समेत इलाका प्रहरी कार्यालय बेल्टारमा नियन्त्रणमा लिएको हो ।
    घटनाका मुख्य पात्र रमिला बस्नेत र चित्रकुमार कार्कीले पत्रकार देवराज राई र शिव रोइला घटनामा संलग्न नरहेको भन्दा भन्दै पनि पत्रकार देवराज राई यसरी प्रहरी फन्दामा परेका थिए ।
    यता घटना घटेको केहि समय पछिनै आक्रोसित विद्यार्थी तथा क्याम्पस प्रशासनले घटनामा संलग्न रहेको भन्दै घटनाका मुख्य पात्र रमिला बस्नेत, चित्रकुमार कार्की सहित पत्रकार देवराज राई र शिव रोइलाको नाममा प्रहरीमा जाहेरी दर्ता गरेका थिए । तर घटनाको बिषयमा जानकारी राख्न पुगेका व्यक्तिलाई समेत घटनामा संलग्न भन्दै क्याम्पस प्रशासनले वदनियतपूर्वक सार्वजनिक मुद्धा दायर गर्न नहुने थियो । घटनामा पत्रकार हुँ भन्दै विद्यार्थी हातपात गर्ने मुख्य पात्र चित्रकुमार कार्की भए पनि समाचार र सामाजिक संजालमा भने देवराज राईलाई मुख्य पात्र बनाई घटनालाई अतिरन्जीत पार्ने काम गरियो ।

    पत्रकार महासंघको विज्ञप्ती र उदयपुरको ल्यापटप काण्ड
    उदयपुरको त्रियुगा नगरपालिकाले उदयपुरका पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि भन्दै २७ जना पत्रकारलाई ल्यापटप प्रदान गरेको थियो । ल्यापटप वितरण गरेको दुई महिना पछि मुलधारका संचारमाध्यमहरुले पत्रकारले ल्यापटप लिएको बिषयमा आलोचनात्मक समाचार सामाग्री प्रकाशन गरे पछि यस बिषय सवत्र चासोको बिषय बनेको थियो । प्रहरी नियन्त्रणमा रहेका पत्रकार देवराज राई पत्रकार नलिने पत्रकाहरु मध्ये पर्छन, उनले पत्रकार वितरणको समय देखि पछिल्लो पटक सम्म पनि ल्यापटप काण्डको बिषयमा सामाजिक संजालहरुमा आलोचनात्मक टिप्पणीहरु राख्दै आएका थिए ।

    उनको आलोचनात्मक टिप्पणीहरुको बिषयमा उदयपुर केहि पत्रकारहरुले रुचाएका थिएनन् उनलाई साधरण सदस्यबाट समेत हटाईनु पर्ने माग राख्दै नेपाल पत्रकार महासंघ उदयपुर शाखामा निवेदन दिने तयारीमा रहेका थिए । उनीमाथि जिल्लाका केहि बरिष्ठ पत्रकार र सहकर्मी पत्रकाहरु समेत रुष्ट रहेका थिए, उनलाई सदस्यता खारेज गराउनका लागि पत्रकार महासंघ नेतृत्वलाई पटक पटक दबाब समेत आईरहेको महासंघ नेतृत्वबाट सूचना प्राप्त भएको थियो ।

    यता बेल्टार स्थित ज्योती बहुमुखी क्याम्पसमा त्यहाँ भएको घटनाको बिषयमा जानकारी राख्न पुगेका उनलाई प्रहरीले पक्राउ गर्नु उनी प्रति रुष्ट पत्रकारहरुको लागि आखाँ घोच्नु निउ पाउनु जस्तै बनेको देखिन्छ । घटना घटे लगत्तै उनी प्रति रुष्ट पत्रकारहरुले पत्रकार महासंघलाई दबाब दिदै उनलाई निलम्बन सहित विज्ञप्ती जारी गर्नु उनको उनको व्यक्तिगत आत्मासम्मानमा ठेस दिनु र अन्याय परेको माथि थप अन्याय गर्नु हो ।

    किनकी घटनाको भोलीपल्ट असार २ गते घटनाको यथार्त बिषयमा जानकारी लिनको लागि पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाई त्यस स्थानमा जान आग्रह गरिदा अध्यक्ष खड्काले उपाध्यक्ष भोटराज राईलाई महासंघको तर्फबाट घटनाको विवरण बुझ्नका लागि जिम्मेबारी दिएका थिए ।

    पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, प्रेस युनियन उपाध्यक्ष जयन्ती तामाङ र पंक्तिकार घटनास्थलमा पुग्दा पत्रकार देवराज राई उक्त घटनाको मुख्य दोषी नभएर अरुनै रहेको घटनाका मुख्य पात्र चित्रकुमार कार्की र रमिला बस्नेत रहेको घटनास्थल ज्योती बहुमुखी क्याम्पसका प्रध्यापकहरुले बताएका थिए । तर घटनास्थलमा पुगेको टोली गाईघाट फर्कन नपाउदै घटनाको यतार्थ विवरणनै नबुझी घटनाको सत्य तथ्यको गहिराईमानै नपुगी आफ्नो निर्दोष र अन्यायमा परेका पत्रकार महासंघ साधरण सदस्य देवराज राईनै उक्त घटनाको दोषी किटान गर्दै पत्रकार महासंघको साधरण सदस्यबाट निलम्बन सहितको विज्ञप्ती जारी गरिनु महासंघको साझा चरित्र माथि प्रश्न चिन्ह उठ्नु स्वभाविक हुनेछ ?

    अन्तमा
    घटनाका पात्र रमिला बस्नेतले आफुलाई अन्याय परेको भए न्यायका ढोकाहरु खुल्ला थिए उनले न्यायको ढोका ढकढक्याउनु पथ्र्यो, उनी संगै पुगेका चित्रकुमार कार्कीले क्याम्पस परिसरमा पुगेर विद्यार्थी माथि हातपात गर्नु हुने थिएन । घटनाको विषयमा जानकारी मात्रै राख्न त्यस स्थानमा पुगेका पत्रकार देवराज राई र अर्का युवा शिव रोइलालाई समेत किटान गेर ज्योती बहुमुखी क्याम्पसले जाहेरी हाल्नु आफैमा न्याय संगत भएन की ।

    कहिले काहि आफ्नै पनि वैरी भैदिन्छन् भन्ने उदाहरण यतिवेला उदयपुर पत्रकार महासंघले जारी गरेको विज्ञप्तीबाट प्रष्ट हुन्छ, घटनामा पत्रकार संलग्न भन्ने जानकारी प्राप्त भए पछि घटनास्थल उदयपुर सदरमुकाम गाईघाट भन्दा २२ किलोमिटर पूर्व बेल्टारमा पुगेर आफ्ना सदस्य संग र घटनाको सत्य तथ्य नबुझी गाईघाटमा बसेर सतहि विशलेषण र जानकारीको आधारमा पत्रकार महासंघ उदयपुर शाखाले आफ्ना साधरण सदस्यलाई निलम्बन सहितको विज्ञप्ती जारी गरिनु पत्रकार महासंघको ठूलो गैरजिम्मेबारीपन हो यो त धान खाने मुसा चोट पाउने भ्यागुतो जस्तै भएनर ।
    अन्तमा निर्दोष सहकर्मी पत्रकार देवराज राईलाई सफाई सहित रिहाईको माग गर्दछु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…