• उर्लाबारी, ३ असार ।
    मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा ‘फ्रि वाईफाई’ सेवा सुरू गरेको छ ।
    इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङगसँगको सहकार्यमा नगरपालिकाले आजदेखी ‘फ्रि वाईफाई’ सेवा सुरु गरेको हो । आज बेलुका इलाका प्रहरी कार्यालय उर्लाबारीको नागरिक सहायता कक्षबाट ‘फ्रि वाईफाई’ सेवाको मेयर खड्ग फागोले सुरवात गर्नुभएको हो । इप्रकाको नागरिक सहायता कक्षबाट सुरु भएको ‘फ्रि वाईफाई’ जडान एकहप्ताभित्र नगरका १२ ठाउँमा जडान गरिसक्ने वल्र्ड लिङ्कका दमक शाखा प्रमुख राजन तिम्सिनाले जानकारी दिनुभयो ।

    इप्रकाको नागरिक सहायता कक्षमा ‘फ्रि वाईफाई’ जडान भएपछि सेवा लिन आउने सर्वसाधरण जनताहरु लाभान्वित हुने प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उर्लाबारीको मुख्य चौक, बरगाछी, दुर्गापुरी बजार, हाटखोला, स्कुलडाँडा, आईतबारे, किसान चोक, मंगलबारे हस्पिटल छेउ, थापा चौक, उर्लाबारी नगरपालिका आसपास लगायत १२ ठाउँमा ‘फ्रि वाईफाई’ जडान गरिने मेयर फागोले बताउनुभयो ।

    मेयर फागोले उर्लाबारीलाई सूचनामैत्री नगर बनाउनका लागि ‘फ्रि वाईफाई’ जडान सुरु गरिएको बताउनुभयो । नगरपालिकाले सुरू गरेको ‘फ्रि वाईफाई’ सेवाले यहाँका विद्यार्थी, युवा, शिक्षक लगायत सर्वसाधरण सबै लाभान्वित हुनेछन् । ‘अहिले इन्टरनेटमै पढाइका सन्दर्भ सामग्री खोजेर पाइन्छ’, मेयर फागोले भन्नुभयो, ‘इन्टरनेटको सहज सुविधा भयो भने विद्यार्थीहरुले यसको अधिकतम उपयोग गर्न सक्छन् ।’

    मेयर फागोले भन्नुभयो – ‘हामी उर्लाबारीलाई कृषि, भौतिक पूर्वाधार र शिक्षाको हबका रुपमा विकास गरिरहेका छौँ’, ‘यी सबै चीजको विकासका लागि इन्टरनेट पनि एउटा महत्वपूर्ण पाटो हो ।’ कृषि, पर्यटन र शिक्षाका लागि इन्टरनेटको समुचित प्रयोग गर्ने पक्षमा नगरपालिका रहेको मेयर फागोको भनाई छ । उर्लाबारीमा जडान गरिएका ‘फ्रि वाईफाई’ एउटा मोबाईलबाट दिनमा बढीमा एक घण्टासम्म मात्र चलाउन पाईनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…