• उर्लाबारी, ३ असार ।
    मोरङको उर्लाबारी नगरपालिकाले उर्लाबारी – ६ स्थित पाठशाला कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ ।
    संस्थाले संचालन गर्दै आएको सब्जी खेतीको जग्गामा मेयर खड्ग फागोले आज बेलुका पावर टिलर संचालन गर्दै संस्थालाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाले साढे चार बिगाहा क्षेत्रफलमा संचालन गर्दै आएको सब्जी खेतीलाई प्रोत्साहन गर्नका लागि अनुदानमा पावर टिलर उपलब्ध गराएको मेयर फागोले बताउनुभयो ।

    मेयर फागोका अनुसार उर्लाबारीलाई कृषि क्षेत्रको रुपमा विकाश गर्नका लागि कृषक समुह तथा कृषकहरुलाई कृषिका आधुनिक उपकरण तथा यन्त्रहरु अनुदानमा उपलब्ध गराउँर्दै आएको छ । कुल दुई लाख २३ हजारको लागतमा खरिद गरिएको सो पावर टिलरका लागि नगरपालिकाले आधा रकम उपलब्ध गराएको थियो भने संस्था आफैले आधा रकम बेहोरेको थियो । भाडामा ट्याक्टर लगाउँदा बढी खर्च हुने भएकाले नगरपालिकाले अनुदानमा उपलब्ध गराएको पावर टिलरबाट संस्थालाई सब्जी खेती गर्न सहज हुने अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…