• देबु बानियाँ
    बाहुण्डाँगी, ३ असार । इनरुवा जेसीजको सचिवालय भवन निर्माण हुने भएको छ । भवन निर्माणका तयारीका साथ मंगलवार एक विशेष समारोहकाबिच जेसीज भवनको शिल्यान्यास गरिएको छ । जेसीज भवनको माननीय सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला र इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले संयुक्त रुपमा शिल्यान्यास गर्नु भएको थियो । दुबै जना इनरुवा जेसीजका पूर्व अध्यक्ष हुनु । सांसद कोइराला १९९६ का शाखा अध्यक्ष र मेयर मेहेता २००६ का अध्यक्ष हुन् ।
    भवनका लागि माननीय सांसद राजिव कोइरालाको सांसद विकास कोषबाट प्राप्त नगद ५ लाख, जेसीजको आन्तरिक रकमबाट भवन निर्माण सुरु गरिएको हो । यसैगरी इनरुवा नगरपालिकाका तर्फबाट समेत भवन निर्माणका लागि बजेट विनियोजन हुने नगर प्रमुख राजन मेहेताले बाचा गर्नु भएको छ । भवन निर्माणका लागि करिब ५० लाख लाग्ने अनुमान गरिएको शाखाका कोषाध्यक्ष संयम कोइरालाले बताउनु भयो ।
    ३ तलको स्टमिडसहित निर्माण सुरु गरिएको भवनको तल्लो तलामा सटर निर्माण गरिनेछ भने दोस्रो तलामा आधुनिक सभाहल र तेस्रो तलामा सचिवालय बनाइने छ । भवन निर्माणका लागि इनरुवा नगरपालिकाले जेसीजलाई १७ धुर जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा भवन निर्माण सुरु गरिएको हो ।
    शाखाको यस वर्षको बोर्डले आउँदो पदहस्तान्तरण कार्यक्रम समेत सोही हलमा गर्ने तयारीका साथ निर्माण कार्यलाई तिव्रता दिने कोषाध्यक्ष कोइरालाले बताउनु भयो ।
    शाखा अध्यक्ष जितेन्द्र यादवको सभापतित्व तथा माननीय सांसद राजिव कोइरालाको प्रमुख आतिथ्यतामा भएको शिल्यान्यास कार्यक्रममा विशेष अतिथि मेयर राजन मेहेता, पूर्व अध्यक्षहरु पुरुषोत्तम घिमिरे, विरेन्द्र शाह, चिनेश्वर मेहेता, हिरा शाह, धिरज भट्टराई, निवर्तमान अध्यक्ष कुन्दन मेहताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव मनोज निरौलाले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव मनोज निरौलाले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…