- २०७६ आषाढ ४ बुधवार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिनुभएको छ ।
मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिएको निर्णय सार्वजनिक गर्नुभएको थियो । विधेयकको विरोधमा प्रदर्शन
भइरहेका थिए ।