• असार ४, काठमाडौं । चौतर्फी आलोचना र व्यापक प्रदर्शनपछि सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिइसकेको छ । तर गुठियारहरुले भने बुधबार (आज) पनि प्रदर्शन जारी राखेका छन् ।

    जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको थियो । यसको पनि चौतर्फी विरोध भएको थियो ।

    प्रतिपक्षीदेखि लिएर सत्तापक्षी सम्मले विधेयकको विरोध गर्न थालेपछि सरकार यसबाट ब्याक हटेको थियो । प्रधानमन्त्री, सांसद तथा सरोकारवालाहरुसँग छलफल गरी मंगलबार भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

    तर सरकारले गुठी विधेयक फिर्ता लिए पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् । विधेयक नभइ खारेज नै गर्नुपर्ने माग राख्दै गुठियारहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् ।

    सरकारले गुठी विधेयकमार्फत् सम्पदा मास्न खोजेको, संस्कृतिमाथि आक्रमण गर्न खोजेको उनीहरुको आरोप छ । उनीहरुले विधेयकको विरोध गर्दै आगामी १० गते उपत्यका बन्द समेत आह्वान गरिसकेका छन्।

    गुठी विधेयक फिर्ता हुनुलाई आफूहरुले आंशिक सफलताको रुपमा लिएको भन्दै खबरदारीका लागि आज माइतीघरमा प्रदर्शन गरिने बताएका थिए । उनीहरुले आज काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुश निकालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…