काठमाडौं ।सनराईज बैंकको सिइयोका रुपमा नियुक्ती पाएका निरज श्रेष्ठलाई पहिलो गासमै ढुङ्गा लागेको छ ।
सनराईज बैंकको सिइयोका रुपमा असार २ गतेदेखि नियुक्ती पाएका श्रेष्ठले पारिवारिक काममा ब्यस्त भन्दै पहिलो दिनमै कर्मक्षेत्रमा खटिएनन् । उनी बैंकमा नजानुको कारण भने अर्कै रहेको छ ।
सनराईज बैंक सन्चालकहरुको आन्तरिक कलहका कारण उनी बैंक प्रवेस नगरेको समाचार स्रोतले न्यूज अभियानलाई जानकारी दिएको छ ।
बैंक सन्चालक समितिका चियरम्यान मोतीलाल दुगडको एक्लैटी निर्णय बिरुद्ध केहि सन्चालकहरुले आवाज उठाए पछि निरज श्रेष्ठलाई स्विकार्न असहज भएको हो ।
प्रस्र्ट रुपमा मोतीलाल दुगडको एक समुह श्रेष्ठको पक्षमा उभिएको छ भने अर्को समुहको नेतृत्व गर्दै मालचन्द्र दुगड समुहले श्रेष्ठलाई सिइयोका रुपमा मान्न तयार छैन् ।
सन्चालक समितिका सदस्य काका भतिजाकै कुरा नमिले पछि बरु चिफ एजुकेटिभ अफिसरका रुपमा काम गर्दै आएकी आशा राणा अधिकारीलाई नै कायममुकायम सिइयो बनाउने भित्रि रणनीति तय भएको छ ।
यस्तो थियो सन्चालक समितिका चियरम्यान मोतीलालको इच्छा !
बैंक सन्चालक समितिका चियरम्यान मोतीलाल दुगडले सिइयोका रुपमा श्रेष्ठलाई ल्याएर आफ्नो एकलौटी राज चलाउन खोजेका छन् ।
सिइयोका रुपमा श्रेष्ठले कार्यलय समालेपछि मोतीलालले एनआइसी एसीयाबाट पन्छाइएका विमल डागीलाई डेपुटीका रुपमा स्वागत गर्ने तयारी गरिरहेका थिए । विमल डागी उनै ब्यक्ती हुन् जो लामो समयदेखि मोतीलालको फाइनान्स सेक्टर समाल्दै आएका छन् ।
त्यती राम्रो छैन सिइयो श्रेष्ठको विगत
निरज श्रेष्ठले बैंक सिइयोका रुपमा प्रबेस गर्ने हल्लासँगै उनका बारेमा ब्यापक टिकाटिप्पणी सुरु भएको छ । त्यती सफल र राम्रो मानिएको छैन सिइयो श्रेष्ठको विगत एक जानकारले न्यूज अभियानलाई भने ।
कुनै समय एक बैंकका सिइयो सचिन जोशीसँग अण्डरमा काम गरेका श्रेष्ठले टेबुल बर्कमा राम्रो काम गरे पनि बैंक ब्यावस्थापनमा चुक्दै आएका छन् ।
ग्लोबल बैंकमा काम गर्न नसकेको भन्दै स्पष्टिकरण साधेर सन्चालक समितिले हैरान बनाए पछि उनी बाहिरिएका थिए । त्यस्तै समस्या उनले माछापुच्छ्रे बैंकमा पनि बेर्होनु पर्यो ।
माछापुच्छ्रेमा एक वर्ष अगाडि कार्यकाल पुरा नगरी श्रेष्ठ बाहिरिनु परेको हो । तत्कालिन ग्रिनजेज बैंकबाट बैकिङ करिअर सुरु गरेका श्रेष्ठले ग्लोबल आइएमई र एनआईसी एशिया बैंकमा समेत काम गरेका थिए । बैंकमा ल्याउन लागिएका सिइयो श्रेष्ठका बारेमा राष्ट्र बैंकमा समेत उजुरी परेको छ ।