• पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिकामा एक युवतीको विभत्स हत्या गरिएको छ ।

    मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका–६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

    गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

    माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । बाटोमा छाता, लेडिज ब्याग र भीरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    स्थानीयले खबर गरेलगत्तै जोरपोखरी प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ ।

    डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । फाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको हुनसक्ने अनुमान गरिएको आशंका रहेको डीएसपी कुँवरले बताए ।

    यसअघि बैशाख २९ गते हिलिहाङ–४ की १५ वर्षीया शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो । एकपछि अर्काे हत्या घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण त्रासमा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…