•  

    काठमाडौं । पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जबारे टुंगो लगाउने भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको यूरोप भ्रमणअघि बसेको नेकपाको सचिवालय बैठक नेताहरुबीच सहमति नभएपछि यत्तिकै सकियो । प्रधानमन्त्री तथा अध्यक्ष ओली स्वदेश फर्किएपछि यो विषय टुंगो लगाउन आगामी शुक्रबार सचिबालय बैठक बोलाइएको छ ।

    दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच बुधबार भएको छलफलपछि शुरुक्रबारका लागि बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ । पछिल्ला दिनहरुमा दुई अध्यक्षबीच मनमुटाव भएको भन्ने किसिमका समाचारहरु आइरहेका बेला बुधबार भएको दुई अध्यक्षको बैठकले आगामी शुक्रबार बैठक बोलाउने निर्णय गरेपछि दाहाल र ओलीबीच ‘कुरा मिलेको’ अनुमान गरिएको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार सचिवालय बैठक राखिएको र बैठकका एजेन्डा भने पुरानै भएको बताए।

    दुई अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच जिल्ला इन्चार्ज र सहइन्चार्ज कसरी टुंग्याउने भन्ने विषयमा विमति छ । तीनै जना नेताहरु आ आफ्नो समूहलाई बलियो बनाउने गरि इन्चार्ज र सहइन्चार्ज तोक्ने रणनीतिमा छन् । त्यसैले नेता नेपालले मापदण्ड बनाएरमात्र यो विषय टुंग्याउनुपर्ने बताएका छन् । नेता नेपालको यो तर्कमा ओली भने सहमत छैनन् । उनी मापदण्डभन्दा पनि आफ्ना गुटका नेतालाई जिम्मेवारी दिने पक्षमा छन् । नेता नेपालले एक व्यक्तिलाई दोहोरो जिम्मेवारी दिन नहुने अडानमा रहँदा ओलीले सो मोडालिटी स्वीकार गरेका छैनन् ।

    पूर्व एमालेकै दुई गुटमा विवाद रहेका बेला अध्यक्ष ओलीले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई आफ्नो निकट ल्याउन सफल भएपछि अर्का अध्यक्ष दाहाल ओली र नेपाल दुबैसँग झस्किएका छन् । त्यसैले उनले ‘सहमति जुटाउने’ भन्दै मध्यमार्गी भूमिका खेलिरहेको नेताहरु बताउँछन् ।

    आगामी शुक्रबारसम्म ओली र दाहाल तथा नेपालबीच बाक्लो भेटघाट हुने अनुमान गरिएको छ । सचिवालयमा दुई अध्यक्ष ओली र दाहाल तथा नेताहरु रामबहादुर थापा, इश्वर पोखरेल, माधवकुमार नेपाल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र झलनाथ खनाल रहेका छन् । नेपाल, गौतम, खनाल र श्रेष्ठ एकतातिर छन् भने ओली, पौडेल र पोखरेल अर्को तर्फ । त्यसैले थापा र दाहालको भूमिका महत्वपूर्ण बन्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…