• काठमाडौं । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेशका लागि संघर्षरत रहेको छ । पहिलो खेलमा कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएपछि कमजोर सुरुआत गरेको अर्जेन्टिनाले दोस्रो खेलमा भने हार टारेको छ ।

    बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पाराग्वेले ३७ औं मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत अग्रता लिएको थियो ।

    ५७ औं मिनेटमा पेनाल्टी गोलमार्फत गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए । डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

    बराबरीको नतिजाले अर्जेन्टिनाको क्वार्टरफाइनल प्रवेशको सम्भावना कठिन बने पनि असम्भव भने देखिएको छैन ।

    समुह बी बाट कोलम्बिया समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ । त्यस्तै समुहको अर्को टिम कतारको पनि १ अंक नै छ ।

    अब समुहको अन्तिम चरणका खेल नै महत्वपूर्ण हुनेछन् । अर्जेन्टिनाले कतारसंग खेल्नेछ भने कोलम्बियाले पाराग्वेसंग खेल्नेछ ।

    यो खेलमा कोलम्बिया विजयी हुँदा अर्जेन्टिनाले कतारलाई हरायो भने क्वार्टरफाइनलमा पुग्नेछ । कोलम्बिया र पाराग्वेले बराबरी गर्दा समेत यदि अर्जेन्टिना विजयी भए क्वार्टरफाइनलमा पुग्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…