काठमाडौं, ५ असार । मुलुककै पहिलो पार्टी अन्ततः गुटबन्दीले जरजर अवस्थामा पुगेको छ । कुनै बेला प्रजातन्त्र भन्नेबित्तिकै नोपली कांग्रेसको नाम लिइनेमा दुई मत छैन ।
तर, आज ऐतिहासिक पार्टी नै दुविधामा उभिएको छ । यहि बेला पनि कम्युनिष्ट सरकारले जनताको मागलाई सम्बोधन गर्नुभन्दा पनि बढी बेलेरै अघि बढ्ने सोचाइ अख्तियार गरेपछि फेरि कांग्रेसको आवश्यकताको महसुस भएको छ ।
आज कम्युनिष्ट पार्टीले जनाको मागलाई सम्बोधन गर्नुको सट्टा बदलाको भावना लिएर अघि बढेपछि सरकारविरुद्ध जनमानस बढिरहेका छन् । यस्तो बेला नेपाली कांग्रेसले जनतासामु निश्चित र स्पष्ट माग लिएर जनताका अगाडि जान सकेको छैन ।
केही दिनअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा ३१ हजार ६४२ नयाँ सदस्य प्रवेश गरेको बताएका थिए । यी नयाँ प्रवेशीलाई कांग्रेसले कसरी लिन्छ ? यसैले कांग्रेस प्रवेशको लहर मच्चिने कि थच्चिने यो भने हेर्नुपर्ने बेला भएको छ ।
लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रलाई नै जीवन वा पार्टी पथका रुपमा स्वीकार गर्ने नेपाली कांग्रेसले अहिलेको कम्युनिष्ट सरकारको भण्डाफोर गर्नुपर्ने बेला आएको छ ।
कम्युनष्टि सरकारले अहिले अर्को पटक सत्तामा पुगिन्छ कि पुगिँदैन तर अहिले पुगेको बेला कमाएरै छाड्नपर्ने जस्तै गरेको आमसर्वसाधारणले भनिरहेका छन् ।
कम्युनिष्ट सरकारले मुलुकमा सुशासनको स्थापना गर्न सकेको छैन । कांग्रेसलाई दोष दिँदै अनियमितता गर्दै गर्दा नेपाली कांग्रेसले यसलाई जनतासामु पुर्याएको देखिएको छैन ।
कतिपय राजनीतिक विश्लेषकका अनुसार अहिलेको सरकारले उत्तर कोरियाको शासन व्यवस्था अनुसरण गरिरहेको छ ।
उत्तर कोरियामा सरकारको विरोध गरेमा उनलाई सिधा फाँसी दिइन्छ । उत्तर कोरियाको सूचना बाहिर लेमा उसले अन्ततः जीवन पनि समाप्त गर्नुपर्ने हुन्छ ।
यसैको सिकोका लागि सकरारले मिडिया विधेयक ल्याउन खोजेको देखिन्छ । नेपालको कुनै पनि कानुनमा अहिलेसम्म लाऔं रुपैषँ जरिवाना कहिँ तोकिएको छैन । तर, पत्रकारहरुलाई भने २५ औं लाख जरिवाना र कैद सजाय तोक्नु भनेको उनलाई जीवनभर कारागारमा सडाउनु हो ।
यहाँ मृत्यु दण्ड नभएका कारण सरकारले सबै कानुन र सजायलाई उछिन्दै पत्रकारहरुलाई सोच्नै नसक्ने सजाय दिएर सडाउने खेल खेलिएको छ ।
उत्तर कोरिायमा मृत्यदण्ड भएकाले केही छैन तर नेपाली पत्रकारलाई भने आजीवन काराबास पठाएर अरु पत्रकार सर्वसाधारणलाई डर देखाउँदै अधिनायकवादको थालनीमा सरकार अग्रसर रहेको देखिएको छ ।
यही कुरा नेपाली कांग्रेसले जनताका सामु खुलाउने हो भने पनि कम्युनिष्ट मुलुकबाट फेरि उठ्न केही समस्या पर्छ । तर, नेपाली कांग्रेसमा उदारवादी नेता जन्मेका छैनन् ।
सौताको रिसमा श्रीमानको काखमा हग्ने श्रीमती भनेझैं कांग्रेसमा आफू पदमा भए सबै ठीक तर आफू पदमा नभए सबै बेठिक देख्ने नेताहरुका कारण कांग्रेस अलमलमा परेको छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मात्र नभएर अन्य नेताहरु बिपी पुत्र डा.शशांक कोइराला, सर्वोच्च नेता गणेशमानका छोरा प्रकाशमान सिंह पनि आफूलाई ठूलै नेता हुनुपर्ने रोगबाट ग्रसित छन् ।
यही रोगका कारण कांग्रेस अहिले अलमलमा देखिएको हो । कांग्रेसले आफूलाई जनताका सामु देखिनकै लागि एक महिने जागरण अभियान चलाएको थियो । यस अवधिमा शीर्ष नेताहरुले कांग्रेसको ऐतिहासिक महत्व र कांग्रेस किन आवश्यक छ ? भन्ने कुरा गरेनन् बरु उनीहरुले आफू मात्र ठीक र अरु सबै बेठिक भन्दै कुदिरहे ।
जनताले मेरा पार्टी भन्न लायक कांग्रेस बनाउनुको साटो नेताहरुले नेता केन्द्रीत भाषण दिएरै जागरण अभियान झ्याली पिटे ।
पार्टी भन्नेवित्तिकै सामुहिक हो भन्ने सोच्न नसक्ने नेताहरुले शीर्ष नेता बन्ने कोसिस गरेकाले कांग्रेसले अन्ततः पराजय भोगेको हो ।
दुई ध्रुवका रुपामा परिचित दुई कम्युनिष्ट पार्टीहरु एक भएर शासन चलाइरहेका छन् । तर, त्यही कुरा नबुझ्ने नेताहरुका कारण कांग्रेस नै अलमलमा परेको कांग्रेसकै नेताहरुले बताइरहेका छन् ।
अहिले कम्युनिष्ट सरकारले गरेको जनविरोधी कामको खुलेरै विरोध गर्न नसक्नु कांग्रेसका लागि दुर्भाग्य हुन सक्छ । हिजो भारतको कटु विरोध गर्ने कम्युनिष्टहरु आज भारतको निर्देशनबिना मुखको पानी निल्दैनन्, खासखबरमा उल्लेख छ ।
मौकामा चौका हानेको कम्युनिष्टले कुनै बेला भारतको विरोध गरे पनि अहिले सत्तामा पुगेपछि भारतभक्त बन्दै गर्दा पनि कांग्रेसले यो कुरा जनतामा भन्न सकेको छैन ।
कांग्रेसले बेला र मौकामा के बोल्ने र के नबोल्ने भन्ने कुराको यकिन गर्न सक्नुपर्ने अन्यथा पार्टी नै नुन खाएको कुखुरा सावित हुन सक्ने राजनीतिक पण्डितहरुको मत छ ।