सर्लाही : विप्लव समुह नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गोली लागि मृत्यु भएको छ ।
प्रहरीको दोहोरो भिडन्तमा उनको मृत्यु भएको हो । सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा विप्लवका नेता कुमार पौडेल मारिएका हुन् ।
अन्य तिन जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीमाथि नै गोली हान्ने प्रयास गरेपछि प्रहरीले जवाफी कारबाही गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए ।