इटहरी, असार ५
सुनसरीको ईटहरीस्थित लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर द्धारिकलाल चौधरीले र‘डी अपाच्य शब्द जिन्दाबाद भन्ने शब्द बोलेकाप्रति महिला अधिकारकर्मीले आपत्ति जनाएका छन् ।
मेयरको घरमा बेश्यावृत्ती भनेर केही पत्रकारले दिएको अभिव्यक्तिको आलोचनाबाट भाषण सुरु गरेका उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताएका थिए । महिला संजाल इटहरीले मेयरको अभिव्यक्ति आपत्तिजनक भएको बताएको छ । संजालले मेयर चौधरीले महिलाको चरित्र हत्या गर्ने काम गरेको आरोप लगाएका छन् ।