• आजको- पञ्चाङ्ग :वि.सं. २०७६ असार ६, शुक्रबार, इ.स. २०१९ जुन २१,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, चतुर्थी, १७:३८ उप्रान्त पञ्चमी, नक्षत्र– श्रवण, १७:३० बजेउप्रान्त धनिष्ठा,योग– वैधृति, १९:५० बजेउप्रान्त विष्कम्भ,करण– वालव, १७:३८ बजेदेखि कौलव, ३०:३२ बजेउप्रान्त कौलव, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मकर,सूर्योदय– ५ :१० बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ६ पला। सायन–सूर्य कर्कट राशिमा २०:४६ बजे प्रवेश। उत्तरी गोलार्द्धमा यस वर्षको लामो दिन। सर्वार्थसिद्धि योग १७:३० बजेसम्म।

    भोलिको- पञ्चाङ्ग: वि.सं. २०७६ असार ७,शनिबार, इ.स. २०१९ जुन २२, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा,आषाढ कृष्णपक्ष,पञ्चमी, १९:३० उप्रान्त षष्ठी, नक्षत्र– धनिष्ठा, २०:०० बजेउप्रान्त शतभिषा,योग– विष्कम्भ, २०:२५ बजेउप्रान्त प्रीति,करण– कौलव, ६:३२ बजेदेखि तैतिल, १९:३० बजेउप्रान्त गर,आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– मकर, ६:४३ बजेउप्रान्त कुम्भ,सूर्योदय– ५:११ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ६ पला। भूमिरज। धनिष्ठा पञ्चक ६:४३ बजे प्रारम्भ।

    आजको राशिफल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
    मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको
    छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

    कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको
    छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको छ । दिब्य ज्योतिष बाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…