• असार ७, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगारपालिका घर भएकी एक १९ वर्षिय किशोरी बलात्कारको सिकार वनेकी छिन् ।
    उनि मोरङको केरावारीमा आफ्न्तकै योजनामा बलात्कृत बन्न प्ुगेको खुलासा भएको छ ।
    ८ दिन अगाडि केराबारी गाउँपालिकामा रहेको गुराँस होटलको १ सय ५ नम्बर कोठामा झुक्याएर वाइन खुवाएर १९ वर्षीया किशोरीमाथि रातभर बलात्कार भएको खुल्न आएको छ ।
    गत जेठ ३१ गते पथरीशनिश्चरे घर भएकी युवतीलाई जुस भन्दै झुक्याएर वाइन खुवाएर बलात्कार गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सो घटनाको मुख्य योजनाकार किशोरीकै नाता भित्रकी दिदी रहेको प्रहरीले जनाएको छ ।
    पीडित किशोरीकी २२ वर्षीया दिदीले नै बलात्कारको लागि वातावरण मिलाइदिएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।
    पीडितकी दिदीले आफ्ना प्रेमी सुन्दरहरैंचा–१२ का ३९ वर्षीय सञ्जीवकुमार शङ्करसँग मिलेर योजना बनाएपछि झापा जिल्लाको पृथ्वीनगरका ३२ वर्षीय विश्वास कट्टेलले युवतीको बलात्कार रहस्य खुलेको हो ।
    विवाहित सञ्जीव र विश्वास सुन्दरहरैंचाको विराटचोकमा जग्गाप्लटिङ गर्ने गर्छन् । युवतीहरू भने दुवै जना अविवाहित रहेको प्रहरीको भनाइ छ ।

    ‘दुवै जनाले सल्लाह गरेर सञ्जीवकी प्रेमिकामार्फत् एक जना युवती झिकाएको देखिन्छ,’घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा ती दिदीले पारिवारिक नाताभित्रकी बहिनी पर्ने एक किशोरीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ ।’ त्यसपछि चारै जनामिलेर हलमा फिल्म पनि हेरेको अनुसन्धानका क्रममा खुलेको हो ।

    विराटचोकमा राती ९ बजेसम्म फिल्म हेरेर उनीहरू इटहरी गएको खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।
    इटहरीमा मादकपदार्थ सेवन गरेर शङ्करको गाडीमा उनीहरू मध्यरातमा केराबारी गएका थिए । केराबारीको गुराँस होटलमा २ वटाकोठा लिएर उनीहरूबास बसेको खुलेको उनले बताए । बिहानउठ्दा मात्रै पीडितले आफू बलात्कारमा परेको थाहा पाएको बताएको प्रहरीले जनाएको छ ।

    प्रमुख राईकाअनुसार दिदीले घुमघाम गरेर आउनुपर्छ भन्दै फकाएर बहिनीलाई साथमै लिएर आएकी थिइन् ।
    घटनाको मुख्य योजनाकारका रूपमा दिदी देखिएको उनले बताए । ‘होटलमा पुगेपछि तीन जनाले विभिन्न खाले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ । पीडितलाई भने जुस भन्दै गुलियो स्वाद आउने वाइन खुवाएका थिए ।
    वाइन खुवाएपछि बेहोश भएकी युवतीलाई विश्वासले अर्काेकोठामा राखेर बलात्कार गरेको खुलेको इन्स्पेक्टर राईले बताए ।
    पीडित युवतीले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछिआफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बताएकी छिन् ।
    राईकाअनुसार अनुसन्धानका क्रममा तिनै जनाले घटनामा संलग्नभएको स्वीकार गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…