केहि समय पहिला पत्रकार सङ विवादमा परेका उपमहानगरपालिका इटहरीका मेयर द्ववारिकाल चौधरी अहिले फेरि अनावश्यक चर्चामा आएका छन । इटहरी स्थित एउटा कार्यक्रममा बोल्दै अहिले वेश्या वृद्धि भएको भन्दै सम्पूर्ण महिला हरुको मानसम्मानमा ठेस पुग्ने गरि रण्डी शब्द प्रयोग गरेका थिए सोही विषयलाई लिएर अहिले विभिन्न ठाउँबाट विरोध जनाएका छन । तेसैगरी सामाजिक अभियानता सारु सुनारले मेयरको शब्द प्रति आपत्ति जनाउदै खुल्ला पत्र लेखिकी छिन
आदरणीय मेयर साब नमस्कारतपाईंले केही दिन अगि इटहरीको एउटा कार्यक्रममा बोलेको सब्दले म निदाउन नै सकिन ..यति धेरै कुरा खेल्यो तपाईका ती सब्दले मेरो मान्स्पटलमा एउटा आधिहुरी नै आइदियो । यति गहिराईमा डुबे कि म केही कुरा नलेखी सक्दै सकिन । महिले इटहरीको तप मेयर द्द्वारीकालाल चौधरीलाई एकदम सहि मानेको हो तर जसरी सबै महिलाहरुको आत्मसंमानमा ठोस पुग्ने गरि जुन शब्द ( रण्डि ) भनी बोल्नु भएकोछ यो अति नै भो ।
रण्डीले गर्दा बियर बिग्यो रे , के के बिग्यो रे ? हैन पुरुष बिना महिला कसरी रन्डी हुन्छ ,मेयर साब । अब इटहरीमा बेस्याबृद्धि बढयो रे.? हैन इटहरीमा कति धेरै बेस्वो पुरुषहरु जन्मेका हुन् ? अब कारवही र न्यनिकरण २,४ जना त्यो पेशामा लाग्ने महिलालाई गर्ने कि ? २,४ जनासित हजारौं लाखौ खर्च गरि धाउने २,४ सय पुरुषलाई कारवाही गर्ने, मेरो एउटा प्रस्न मेयर साबलाई खुला रूपमा महिलालाई रन्डी जिन्दावाद भन्नेले … रन्डो जिन्दावाद भन्न किन नसकेको , के यौन धन्दा गर्नी महिला मात्र गलत हो कि सबै लाखौ खर्च गरि जानी पुरुषहरु पनि उतिकै भागिदार छन्
तपाईंलाई एति पनि हेक्का छैन यति पनि ज्ञान छैन, कोठा बिक्नु , बियर बिक्नु , कण्डम बिक्नुमा इटहरीमा कती बेस्वो पुरुषहरुको अखडा बनेछ भन्ने?? म मान्छु अरु देशमा रेडलाइट एरिया र यौन धन्दालाई ब्यबसाय भनी लाइसेन्स दिन्छन् तर हाम्रो देश सीता जन्मेको देश , भृकुटि जन्मेको देश हो हाम्रो देशको नारीलाई देबि , महालक्ष्मी , काली देबिको रूपमा मानिन्छ र पुजिन्छ , एउटा सस्कार र इज्जत बोकेको देशको नारी हौ हामी त्यसैले अबैधानिक यस्ता कार्य बन्चित छ र बन्देज गर्नु पर्छ ।
शरीर बेची खाने महिलालाई सबैभन्दा बढी घृणा गर्छु मैले जसले कुटो कुदालो र गिटि फोर्नमा इज्यत र संमान नसम्झी आफ्नो इज्जतलाई पैसा कमाउने मेशिनको रूपमा लिन्छन् तिनीहरुलाई छुट छैन दिनु हुदैन मेरो मान्यता हो । तर मेयर साबले कुनै ती पेशामा लागेको र प्रमाण भएको भए प्रमाणीत गरि सम्बन्धित र संम्लग्न महिलालाई भन्नू भएको भए आपत्ति थिएन , तर वहाँले त सबै महिलालाई नै पो मुछ्नु भो त , एउटा गरिमामय पद र जिम्मेवारी समालेको मेयरले यसरी एकपटक होईन दस पटक ( रन्डी जिन्दावाद) भन्दै कुर्लनु कतिको ठिक छ.
सम्पुर्ण नेपाली महिला दिदिबहिनीहरुले या तपाईंको आफ्नो आमा , दिदिबहिनीले यो शब्द सुन्दा पचाउन सक्नु हुन्छ ?? उल्टा एउटा पत्रकारले तपाईंलाई सोध्दा ( रन्डिलाइ रन्डी नभनेर के भन्ने ) भनी ठाडो जवाफ दिनुहुन्छ ?? यहाँलाई यति त थाहा होला नि ? कि अहिले पछिल्लो समय कुनै पेशा , ब्यबसाय या कसैको आत्समानमा ठोस पुग्ने शब्द र सम्बोधन गर्न कानुन बिपरित छ भन्ने यहि पेशा गर्नेलाइ पनि कुनै सब्दबाट गाली गरेको भए तपाईं वाह वाह नै हुनुहुन्थ्यो तर तपाईंले जसरी महिलाहरू नै सुन्न नसक्ने गरि यस्ता शब्द बोल्नु भो यो पाच्य छैन ।
म सिधा बोल्छु जे नि बोल्छु भनी यसरी बोल्न छुट छैन … अन्त्यमा तपाईंले रन्डी भन्दै गाली गर्दा तिनिहरु सित लाग्ने पुरुषहरुलाइ पनि सचेत र ध्यानाकर्षण गराएको भए पनि एउटा कुरा थियोे अन्त्यमा तपाईंको भस्टचार विरुद्धको अभियान र इमानदार मेयर बन्नु भएको छ त्यो मानेमा साथ छ तर तपाईंले यसरी नै महिलाहरुलाई शिर झुक्ने सब्द र यसरी बोल्नु भयो भनी एक दिन तपाईंको विरुद्धमा ठुलै मासले स्पष्टीकरण माग्ने छन् । यो विषयमा महिलाहरुको ध्यानाकर्षण भएको जानकारी गराउद छु । आज तपाईंले दसपटक मच्चिदै बोलेको ( रण्डी )
शब्द लेख्नको लागि मेरो हात धेरै बेर कापे , हातका औला थरथराए , कति सामन्य छ है तपाईंलाई यस्तो शब्द बोल्न गल्ती महिला र पुरुषको भए पनि बेइज्जती र कारवाही अनि यस्ता सब्दको उपमा र उपनाम महिलाले नै पाउनु पर्ने ? महिलाहरुलाइ यस्ता गाली र शब्द बोल्न र भन्नको लागि केही जस्तो हुदोरहेनछ भन्ने बल्ल बुझे मैले । मेयर साब सबै महिला रन्डि हुदैनन् , सबै पुरुष रन्डीसित जादैनन् । केही सचिनु पर्छ कि त ?? तपाईंको सुभ चिन्तक सरु सुनार