रङ्गेली । छुद्र अभिव्यक्तिका कारण पटक–पटक विवादमा आएका इटहरीका मेयर द्वारीकालाल चौधरीले महिलाहरूको चरित्रहत्या गरेको भन्दै प्रदेश–१ की सांसद विन्दीया कार्कीले आपत्ति जनाएकी छन् ।
नेपाली काङ्ग्रेसकी सांसद कार्कीले शुक्रबारको प्रदेशसभा बैठकको शून्य समयमा द्वारिकलाल चौधरी नेकपाले ‘डामेर छाडेको साँढे’ भन्दै प्रश्न गरेकी थिइन् ।
उनले भनिन् ‘यो पाटीमा जे पनि बोल्न पाइने रहेछ भनेर युवाहरू ओइरने भए ।’ सांसद् कार्कीले मेयरले महिलामाथि लागाएको आक्षेप संसदमा उच्चारणसमेत गर्न नसक्ने बताइन् । ‘मेयरलाई सुधार्नु प¥यो ।’ सांसद कार्कीले भनिन् ‘हैन भने पागलखानामा भर्ति गर्नुपर्छ ।’ उनले सत्ता पक्षका महिला सांसद्हरूले उक्त विषयमा मौनता साँधेको प्रति आश्चर्य प्रकट गरिन् । उनले भनिन् ‘उहाँहरू मन्त्री हुन पाइँदैन भनेर नबोल्नु भएको होला ।’