• बाहुण्डाँगी ।
    ‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’भन्ने मुल नाराका साथ जेठ ३१ गते देखी संचालन भएको पोखरा लेडी जेसिज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रम समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम को अन्तिम दिन असार ५ गते विहान नवप्रभात मा वि का बालबालिकाहरुलाई वडा नं. ९ का अध्यक्षको प्रमुख आतित्थ्यता मा कार्यक्रम गरी छात्रावृत्ती प्रदान गरिएको थियो ।
    पोखरा लेडीको ३१ औं बार्षिकोत्सव को अवसरमा संचालन गरिएको सप्ताह बर्ष २०१९ को समापन कार्यक्रममा गण्डकी प्रदेशका सभासद माननीय विन्दु कुमार थापा ज्यू को प्रमुख आतित्यता रहेको थियो । कार्यक्रममा नेपाल जेसीज बर्ष २०१९ का उपाध्यक्ष तथा एरिया बी का निरुपित राष्ट्रीय उपाध्क्ष जेसी गोकुल सापकोटा, पोखरा जेसीज बर्ष १०८९ का अध्यक्ष श्री किरणलाल श्रेष्ठ ज्यूको विशिष्ट आतिथ्यता एवं बरिष्ठ मुटु रोग विषेशज्ञ डा. मुकुन्द आचार्य, नविल बैकं पोखराका शाखा प्रवन्धक रोका ज्युको आतित्थ्यता रहेको थियो । पोखरा लेडी बर्ष २०१९ का सचिव जेसी लक्ष्मी अधिकारी ले संचालन गर्नु भएको कार्यक्रममा जेसीजका बिभिन्न शाखा का अध्यक्ष ज्यूहरु, पोखरा लेडी का पुर्व अध्यक्ष ज्युहरु, पोखरा जेसीजका पुर्व अध्यक्ष ज्युहरु लगाएत बिभिन्न बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
    पेखरा लेडी बर्ष २०१९ का अध्यक्ष सपना गिरी को अध्यक्षता रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश का सभासद माननीय विन्दु कुमार थापा ज्यू ले प्रमुख अतिथि को मन्तब्य दिनु भएको थियो भने सम्पूर्ण जेसीज शाखाहरुको तर्फबाट गिता नगर जेसीजका अध्यक्ष जेसी कृष्ण सापकोटा, सम्पूर्ण पुर्व अध्यक्ष ज्यूहरुको तर्फ बाट पोखरा लेडी बर्ष ६ का अध्यक्ष श्री सजना महत कर्माचार्य, पोखरा जेसीज बर्ष १९८९ का अध्यक्ष श्री किरणलाल श्रेष्ठ ज्यूहरु, पोखरा जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष शाही ज्यू ले मन्तब्य, जेसी समित्रा कोइराला ले स्वागत मन्तब्य राख्नु भएको थियो र जेसी सुधा थापा ले आस्थापाठ वाचन गर्नु भएको थियो ।
    कार्यक्रममा पोखरा लेडी का धरोहर पुर्व अध्यक्ष ज्यूहरुलाई सम्मान गरिएको थियो। सप्ताहन्त कार्यक्रमका मूल संयोजक जेसी शोभा भुजेलले सातै दिनका कार्यक्रमहरुको बारेमा जानकारी दिदै कार्यक्रमा प्रतक्ष । अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार प्रकट गदै धन्यबाद ज्ञापन गर्नु साथै पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी ज्यू को समापन मन्तब्यमा कार्यक्रम सम्पन्न भएको जानकारी पोखरा लेडी बर्ष २०१९ का निर्देशक जेसी सुनिता भुजेलले दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…