• झापा । नगरसभाको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कुरा नमिलेपछि शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगरकार्यपालिका बोर्डबाटै आलोचित बनेका छन् ।मेयर शेर्माले प्रस्ताव गरेका सरकारका कर्मचारी महान्यायधिवक्ता अग्नी खरेललाई असार १० गते हुने नगरसभाको प्रमुख अतिथिको प्रस्ताव ल्याएपछि उनी आलोचित बनेका हुन् । उनको प्रस्तावको विपक्षमा नगरसभाका ९५ प्रतिशत सदस्य उभिएपछि उक्त प्रस्ताव अनिर्णित पनि बन्यो ।

    प्रमुख अतिथिको विषयमा निश्कर्ष ननिस्किएपछि कार्यपालिका सदस्यको गएको ५ गतेको नियमित र आइतबारकोे बैठक स्थगित भएको थियो । कार्यपालिकका एक सदस्यका अनुसार बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा र वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेतले एलपी साँवाको विकल्प नभएको राय राखेका थिए भने अन्य सदस्यले मर्यादाको ख्याल गर्नुपर्ने मेयर शेर्मालाई सुझाएका थिए ।कार्यपालिकाका बहुसंख्यक सदस्यले निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद साँवा लिम्बू नै नगरसभाको प्रमुख अतिथिमा एकमात्र विकल्प भएको बताउँदै आएका छन् ।

    मेयर शेर्मा, उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेत भने महान्यायधिवक्ता खरेललाई आसन्न नगरसभाको प्रमुख अतिथि बनाउने पक्षमा रहेको कार्यपालिकाकै अर्का एक सदस्यले बताए ।उनले भने, ‘मेयर शेर्माले स्थानीयबासीसमेत रहेका संघीय सांसदलाई वाइपास गरेर आफू निकटका सरकारी कर्मचारीलाई प्रमुख अतिथि बनाउनु पार्टीभित्र र बाहिर दुवैतिरबाट नगरकार्यपालिकाको बेइज्जत हुनेछ ।’पार्टीको जिम्बेबारीका हिसाबले खरेल कुनै तहमा छैनन् । न त उनी जनप्रतिनिधि नै हुन् । गौरादह घर भएका खरेलको शिवसताक्षी नगर भनेको ससुराली घर हो । खरेलका एकाध निकट व्यक्ति शिवसताक्षी नगरमा छन् ।

    त्यसमध्येका प्रमुख पात्र नगरका मेयर चन्द्रकुमार शेर्मा हुन् ।निकटताकै कारणले जो पायो त्यही व्यक्तिलाई कार्यक्रममा बोलाउन नहुने एक वडा अध्यक्षले बताए । उनले भने, ‘मेयर शेर्माले कुन स्वार्थका लागि अग्नी खरेललाई प्रमुख अतिथि बनाउन लागेका हुन्, कसैलाई पत्तो छैन ।’ यसैबीच, पार्टीभित्र यसको खोजी हुन थालेको एक नेताले बताएका छन् ।

    जनमतको हिसाबले एलपी साँवा लिम्बूले दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग २३९ मतको झिनो अन्तरले पराजय भोगेका थिए । तर, ०७४ सालको आम निर्वाचनमा भने १६ हजार ८ सय मतअन्तर पाएर विजय भएका थिए ।

    उनले नेपाली काङ्ग्रेस का देउकुमार थेवे लाई हराएका थिए ।यो मतअन्तर प्रदेश नम्बर १ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पछि हो । निर्वाचन जितेपछि संघीय सांसद साँवाले करिब १ अर्ब बराबरको योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । यो रकम स्थानीय पूर्वाधार विकास साझेदारी (संसदीय कोष) बाहेकको हो ।यो समाचार तयार हुँदा नगरसभाको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा कार्यपालिका बोर्डले निर्णय गर्न सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…