• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले दीर्घ कालिन नगदे बाली ब्यवस्थापन कार्यक्रम अन्तरगत आइतबार २६ जना किसानलाई सुपारीका बिरुवा निशुल्क वितरण गरेको छ ।
    नगरले वडा नं. ९ लाई सुपारीको पकेट क्षेत्र बनाउने कार्यक्रम अन्तरगत किसानलाई सुपारीका विरुवा निशुल्क वितरण गरेको हो ।

    नगरले वडा नं. ९ लाई बिरुवा वितरण गर्न चालु आर्थिक वर्षको वजेटमा ४ लाख रुपियाँ विनियोजन गरेको थियो । नगरको कृषि विकास शाखा प्रमुख अम्विकाप्रसाद लुइटेलले भन्नुभयो–चालु आर्थिक वर्षमा साडे सात विगाहा(१५४ कट्ठा) जमीनमा सुपारी खेती लगाउने तयारी छ । जस अन्तरगत आइतबार ७२ कट्ठामा रोप्ने गरी २६ किसानलाई ३ हजार ६ सय बिरुवा वितरण गरिएको हो । बाँकी ४ हजार १ सय बिरुवा असार भित्रै वितरण गरिने शाखा प्रमुख लुइटेलले बताउनु भयो ।

    किसानलाई कम्तीमा ५० र अधिकतम २सय ५० बिरुवा वितरण गरिएको छ ।आइतबार २ सय ५० बिरुवा प्राप्त गर्ने किसान प्रकाशचन्द्र सापकोटाले अन्नबाली नलाग्ने ५ कट्ठा जग्गामा बिरुवा रोप्न लागेको बताउनु भयो । उहाँले आगामी वर्ष खेती बिस्तार गर्ने तयारी रहेको बताउनु भयो । बाँझै बस्ने खेतबाट उत्पादन लिन नगरले प्रोत्साहित गरेको उहाँको भनाई छ ।
    खेती नहुने जग्गाबाट उत्पादन लिनका लागि नगरको ९ नं. वडामा सुपारी खेती कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख खड्गबहादुर फागोको भनाई छ ।

    फागोले भन्नुभयो– नगरका ९ वटामा जुन खेतीको सम्भावना बढी छ । नगरले त्यहीका लागि अनुदान र प्रविधि सहयोग गरिरहेको छ । उहाँले नगरको ८ नं. वडामा चैते धान विशेष सहयोग क्षेत्र विस्तार तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो । नगरका वडा नं. १, २ ,८ र ९ नं. वडा कृषि तथा नगदे बाली उतपादनका लागि सम्भावना बोकेका वडाहरू हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…