अनुसन्धानको क्रममा उर्लाबारी– २ का केन्द्रलाल धिमालको घरमा लुकाई राखेको लोड भएको ३ नाल भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने छर्रा, बारुद, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा फेलापरेपछि धिमाललाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।
विराटनगर :हतियार देखाई चन्दा असुल्ने नेपाल कम्युनिष्ट पार्टी विप्लवका तीन जना कार्यकर्ता हरियारसहित पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल,सुन्दरहरैँचा– १२ का ४० वर्षीय अशोक राई र उर्लाबारी– २ को अन्दाजी ४८ वर्षीय केन्द्रलाल धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।
विभिन्न व्यक्ति तथा संस्थाहरुबाट हतियार देखाई डर त्रासको आडमा चन्दा असुल्न खोजिरहेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्ने क्रममा आइतबार बेलबारी– ३ स्कुलडाँडामा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार अशोक राई र कंश धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हतियार लुकाई राखेको खुलेपछि खोजतलास गर्ने क्रममा कंश धिमालको घरमा रातो झोलामा लुकाईराखेको अवस्थामा अटोमेटिक पेस्तोल दुई थान, सोही पेस्तोलमा फिट हुने म्याग्जिन ४ थान र पेस्तोलमा लाग्ने गोली १४ राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुको अनुसन्धानको क्रममा उर्लाबारी– २ का केन्द्रलाल धिमालको घरमा लुकाई राखेको लोड भएको ३ नाल भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने छर्रा, बारुद, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा फेलापरेपछि धिमाललाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कंश २०६६ सालमा उर्लाबारीको मंगलबारेमा सुनचाँदी लुटपाटमा डाँका मुद्धा चलाएको र २०६६ सालमा झापाको दमकमा लक्ष्मी बैंक लुटपाटमा ७ वर्ष कैद भुक्तान गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी फौजदारी ऐन २०७४ अन्तर्गत हातहरियार तथा खरखजना अन्तर्गतको कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।