• मेयरको डोजरले किच्यो बालक, काटियो दुवै खुट्टा
    पूर्व माओवादीबाट निर्वाचित मेयरले घटनालाई गुपचुप राख्ने प्रयास

    रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ। डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुट्टा काटेर उपचार भईरहेको छ ।

    घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन । उता मेयर शर्माले भने क्षतिपुर्ति र उपचार गर्ने सर्तमा कुरा मिलेको बताए । स्थानीय र उनका अभिभावकहरुले सहयोगीले डोजर चलाएको कारण घटना घटेकोले कारबाही समेत हुनुपर्ने माग गरेका छन । डोजर आफ्नो रहेपनि ठेक्का अर्काको रहेकोले सम्पुर्ण खर्च ठेकेदारले नै व्यर्होने भएपछि कुरा मिलेको मेयरले जिकिर गरे ।

    तर प्रहरी मुचुल्का तयार नगरेको र सहयोगीलाई डोजर चलाउन दिएको बिषयमा भने कुनै कुरा नभएको स्थानीयले आरोप लगाएका छन । सार्वजनिक पदमा रहेका मान्छेका नजिककाले घटना घटाउदा प्रहरी मुचुल्का समेत तयार नगर्ने र सहयोगीलाई कारबाही नहुने भन्दै स्थानीय डिल्ली शर्माले आक्रोस व्यक्त गरे ।

    रोकाको अहिले दुवै खुट्टा काटेर ललितपुर स्थित आन्नद बन अस्पतालमा उपचार भईरहेको भएपनि घटनाको न प्रहरी रिर्पोट नै छ न जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय चौरजहारीले आफुहरुलाई जानकारी नै नभएको बताएको छ ।

    मेयर शर्माले भने मुचुल्का भन्दा बालकको ज्यान बचाउनतर्फ जोड दिएको दाबी गरे तर नगरका स्थानीय ठेक्का पटटामा मेयर शर्माले हालीमुहाली गरेकाले यस्ता घटनालाई सामान्य रुपमै मिलाउने गरेका छन । उनी पुर्व माओवादीबाट निर्वाचित मेयर हुन । रुकुमका सामाजिक अभियान्ता र विद्यार्थी नेताहरुले उक्त घटनावारे विरोध जनाएपछि मात्र घटना सार्वजनिक भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…