• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ५६ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।
    मंगलबार उर्लाबारी पार्टी प्यालेसमा चौथो नगरसभामा उपमेयर लक्ष्मीदेवी भण्डारीले ५६ करोड ८० लाख ३८ हजार बराबरको बजेट पेश गरेकी हुन् ।

    आगामी आर्थिक बर्षका लागि आयतर्फ ५ करोड ६९ लाख ९१ हजार, संघीय सरकार राजश्व बाँडफाँडतर्फ १० करोड ४७ लाख, संघीय सरकार वित्तिय हस्तान्तरणतर्फ १५ करोड ४६ लाख, वित्तिय हस्तान्तरण प्रदेश सरकारतर्फ १ करोड २५ लाख ७ हजार, सडक बोर्डतर्फबाट ४५ लाख, सशर्त अनुदानतर्फ १९ करोड ४६ लाख, जग्गा रजिष्टे«शन बाँडफाँडबाट १ करोड २५ लाख, स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख र आर्थिक बर्ष २०७५÷०७६ को मौज्दाततर्फ १ करोड ५० लाख रुपैया रहेको छ ।

    ब्ययतर्फ चालु तथा प्रशासनिक खर्चमा ७ करोड ८२ लाख १३ हजार रुपैयाँ, चालु कार्यक्रम खर्च ७ करोड १३ लाख १९ हजार १ सय ८ रुपैया, सशर्त अनुदातर्फ १९ करोड ४६ लाख, स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख गरी ३४ करोड ५१ लाख ८२ हजार १ सय ८ रुपैयाँ कुल खर्च ६०.७७ प्रतिशत र पूँजीगत खर्चतर्फ २२ करोड २८ लाख ५५ हजार ८ सय ९२ रुपैयाँ ३९.२३ प्रतिशत गरी कुल खर्च ५६ करोड ८० लाख ३८ हजार अनुमान गरिएको छ ।

    संस्थागत विकास एबं सुशासन, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाई सम्बन्धि, विपद ब्यवस्थापन तथा भू–संरक्षण, विद्युत तथा वैकल्पिक उर्जा, शिक्षा, वन, वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशुपन्छी, राजश्व, सिचाई तथा नदी नियन्त्रण, पर्यटन विकास, महिला, बालबालिका तथा जेष्ठ नागरिक, आदिबासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अपाङ्गता तथा पिछडा वर्ग, युवा तथा खेलकुद विकास, वस्ती विकास तथा सहकारी पूर्वाधार, जनसंख्या ब्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, सूचना प्रविधि तथा अभिलेख ब्यवस्थापनलगायतका निती तथा कार्यक्रम उपमेयर भण्डारीले प्रस्तुत गरेकी थिइन् ।

    त्यस्तै, मेयर खड्ग फागोले आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पेश गरेका थिए । मेयर फागोले असार २० गते अर्को नगरसभा गरिने जानकारी दिए । कार्यक्रममा वडा नं. ८ का सदस्य लक्ष्मीनारायण ढुंगाना, ७ का सदस्य निरोज तिम्सिना, शोभितमाया तामाङ, ४ का सदस्य कल्याण राई, ६ का सदस्य अम्बिका तामाङ र ३ का सदस्य भीष्म बुढाथोकीले सभामा पेश भएका विषयवस्तुमाथी सल्लाह सुझाव राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…