• काठमाडौं। १३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेर जिताएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय देउवाप्रति आक्रामक बन्न थालेका छन्। सभापतिले मनोमानी ढंगलेपार्टी संचालन गरेको भन्दै असन्तुष्ट रहेका सिटौला समूहले स्थानीय तहका पार्टी संगठनहरू मनोनयनबाट गठन नगर्न सभापतिलाई चेतावनी दिएको छ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सिटौलाले पार्टी संगठन विस्तार नगरी दोस्रो चरणको जागरण अभियान नथाल्न सिटौला पक्षले माग गरेको छ।

    १३ औं महाधिवेशनमा सिटौला पक्षले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको थियो। सिटौला पक्षको समर्थन पाएपछि सभापतिका देउवा विजयी भएका थिए। महाधिवेशनपछि कांग्रेसमा सिटौलाको अलग्गै धार देखियो। सरकारमा सहभागी हुँदासमेत सिटौला पक्षधरबाट मन्त्री बनाउन थालियो। तर सिटौला र सभापति देउवाको धेरै समय काम गर्ने शैली मिलेन।

    त्यसपछि सिटौलाले संविधान निर्माणको नेतृत्व लिएको कांग्रेसले पार्टी संगठन संघीय संरचनाअनुसार नबनाएको भन्दै सभापति देउवाको आलोचना गर्न थाले। सोमबारको कार्यक्रममा सिटौलाले नेतृत्वको चरित्र र मानसिकतामा परिवर्तन नआएको भन्दै आक्रोश पोखे। मुलुक संघीयतामा गइसकेपनि कांग्रेसले संघीय संरचना अनुसार आफूलाई ढाल्न नसकेको सिटौलाले बताए।

    सुरुमा देउवालाई सहयोग गरेका सिटौला देउवाको काम गर्ने शैली मन नपरेपछि फेरि संस्थापन इतर पक्ष पौडल समूहमा फर्किएका थिए। तर पौडेलसँगपनि सिटौला सन्तुष्ट छैनन्। सिटौलाले १३ औं महाधिवेशनमा पौडेललाई सभापतिमा स्वीकार गर्न नसकेर देउवालाई सहयोग गरेको बताएका थिए।

    अब १४ औं महाधिवेशन आउन लाग्दासमेत फेरि देउवा र पौडेल नै सभापतिका उम्मेद्वार बन्ने देखेपछि पछिल्लो समय सिटौला कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउनुपर्छ भनेर लागिपरहेका छन्। स्रोतका अनुसार सिटौलाले कांग्रेसको नेतृत्व कोइराला परिवार बाहिर जाँदा कांग्रेसले गति दिन नसकेको भन्दै १४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउन भूमिका निर्वाह गरिरहेका छन्।

    १४ औं महाधिवेशनमा कांग्रेस नेता डा. शेखर कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने गरी सिटौलाले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्

    स्रोतका अनुसार १४ औं महाधिवेशनमा कांग्रेस नेता डा. शेखर कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने गरी सिटौलाले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्। शेखर कोइरालालाई सभापतिको उम्मेद्वार बनाउन कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी तयार भएका छन्। उता वर्तमान महामन्त्री डा. शशांक कोइराला पनि शेखरलाई सभापतिको उम्मेद्वार बनाउन सहमति भएको स्रोतको भनाइ छ।

    शेखरलाई सभपतिको उम्मेद्वार बनाउने विषयमा संस्थापन इतरपक्षको सहमति भएपनि संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका रामचन्द्र पौडेल भने एक पटक आफू सभापति बन्नुपर्ने अडानमा छन्। पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने आश्वासन दिएर मनाउने प्रयास भइरहेको बताइएको छ।

    सभापति देउवाले महासमिति बैठकले गरेको निर्णय र दिएको निर्देशनलाई सभापति शेरबहादुर देउवाले बहुमतको आडमा केन्द्रीय कार्यसमिति बैठकबाट उल्ट्याउने काम गरेको भन्दै संस्थापन इतर पक्षधर असन्तुष्ट छ। यसैगरी ५६ जिल्लाका सभापतिले महासमितिले दिएको निर्देशन विपरित केन्द्रीय समितिबाट पारित गरिएको निर्णय नसच्याए विशेष महाधिवेशनकालागि पहल गर्ने चेतावनी दिएका थिए।

    महासमिति बैठकबाट समानुपातिकमा एकले व्यक्ति एक पटकमात्र अवसर पाउने र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गर्दै बुथदेखि नै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने सहमति भएको थियो । तर सभापति देउवाले यी दुवै निर्णयलाई केन्द्रीय कार्यसमितिबाट बहुमतको आधारमा उल्टाएका थिए। त्यसपछि कांग्रेस झन आन्तरिक विवादमा फसेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…