• काठमाडौं । देशको सबैभन्दा लामो इतिहास बोकेको पार्टी नेपाली काँग्रेस तथा देशकैको नेतृत्व शेरबहादुर देउवालले सम्हालिरहेका बेला भएका तीन तहका चुनावमा काँग्रेस इतिहासकै कमजोर प्रदर्शन ग¥यो । हिमाल र पहाडमा परम्परागत रुपमा कमजोर काँग्रेस तराईमा पनि कमजोर उनकै नेतृत्वमा भयो ।

    पार्टीको कमजोर प्रदर्शनपछि पार्टीका आन्तरिक प्रतिपक्षी रामचन्द्र पौडेल समूह, कृष्ण प्रसाद सिटौला समूह र युवा समूहले हारको जिम्मा नेतृत्वले लिनुपर्ने भनिरहे तर, देउवाले सुनेनन् । केही दिन अगाडि एक अन्तर्वार्तामा पार्टी केन्द्रीय सदस्य शेखर कोइरालाले देउवाले नसुन्ने गरेको गुनासो गरेका थिए ।

    तर बुधबार पार्टी मुख्यालयमा शुरु भएको राष्ट्रिय जागर अभियानका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले जागर अभियानमा केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला खटिएका नेताहरुले दिने सुझावका आधारमा पार्टीले आगामी रणनीति बनाउने बताए । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरु सहभागी अन्तरक्रियामा सभापति देउवाले कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता गरेका छन् । उनले यस्तो प्रतिवद्धता गराउँदै गर्दा नेता सिटौला समूह भने अनुपस्थित रह्यो ।

    काँग्रेसले पदाधिकारी, पूर्वपदाधिककार र केन्द्रीय सदस्य सहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल गरिरहेको छ । छलफल र अन्तरक्रियाबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि अगाामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ ।

    पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले बैशाख २५ देखि जेष्ठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियन संचालन गरेको थियो । सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला गई १ महिनासम्म गरिएको कार्यक्रम, अन्तरक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउने छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल तथा अन्तरक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दे सभापति देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरुबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘प्रतिकूल अवस्थामा पार्टी सुदृढीकरणक लागि गर्नुपर्ने राजनीतिक कार्ययोजना के के हुन सक्छन् ? पार्टीलाई थप सुदृढ र गतिशिल बनाउनका लागि जिल्लामा के कस्ता समस्या विद्यमान छन् ? भन्ने विषयमा सबैले केन्द्रमा बुझाउनुभएको आ आफ्ना प्रतिवेदननमा उल्लेख भएकै होला । पार्टीले अबलम्बन गर्नुपर्ने रणनीति, कार्यनीति अनुभवको आधारमा प्रदान गर्ने यस अन्तरक्रियाले दोश्रो र तेश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास मैले लिएको छु ।’

    राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताए । विशेष गरेर वर्तमान सरकारका असफलताको प्रतिकार गर्दे राष्ट्रिय राजनीतिलाई बदल्ने काममा पार्टीको भुमिका खोजेको उनले बताए । त्यसैगरी पार्टीभित्रको अन्तरघात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशन लगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उनले बताए ।

    विहिबारसम्म चल्ने अन्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा भएका गतिविधि, संठनात्मक अवस्था, एक महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत भएका कार्यक्रम र त्यसबाट प्राप्त परिणामहरुको साथै त्यसले पार्टीलाई पार्ने वर्तमान र दुरगामी असर बारे नेतृत्वलाई जानकारी गराउने छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…