• काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले २ वटा गाडीका लागि ३ महिनामा ६ करोडको तेल हालेर नयाँ रेकर्ड कायम गरेका छन् । खनाल २०७४ चैत २७ मा आइजीपी नियुक्त भएका हुन् ।

    उनी आइजीपी नियुक्त भएको २०७४ असारसम्म २ वटा गाडीका लागि ६ करोडको तेल हालेको स्रोतले बताएको छ । ६ करोडको तेल त दुई वटा गाडी दिनमा २ पटक धुँदा पनि सकिंदैन ।

    कसरी खपत भयो ? यो आश्चर्यको बिषय हो । तर, सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्,‘यो सत्य कुरा हो, सरोकारवाला निकायले २०७४ बैशाख १ देखि २०७४ असार मसान्तसम्मको विवरण लिने हो भने २ वटा गाडीका लागि तीन महिनामा ६ करोडको इन्धन खपत भएको तथ्य खुल्नेछ ।’ सशस्त्रमा इन्धनमा यस्तो बम्हलुट जारी छ ।

    आइजीपी खनालले आफ्नो पद जोगाउनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि विभिन्न नेताहरुका बीचौलियालाई दैनिक ५ सय लिटर तेल बितरण गर्दै आएका छन् । सशस्त्रको कामका लागि तेलको सदुपयोग गर्नुपर्नेमा बीचौलियाहरु सुवास राई, नरेश भट्ट जस्तालाई तेल दिने गरिएको छ ।

    सशस्त्रका बिचौलियाहरुको घेरामा रमाउने आइजीपी खनालले नेकपा अध्यक्ष प्रचण्ड र अख्तियारका प्रमुख नवीन घिमिरेको नाममा समेत इन्धन बितरण गर्ने गरेका छन् । अख्तियारका प्रमुख आयुक्त घिमिरेको नाम उनले संगठनका सरुवा, बढुवामा समेत बदनाम गर्दै आएका छन् ।

    सशस्त्रका खरिदमा पनि उनले विगतका भ्रष्टाचार मुद्दा लागेका ४ आइजीपीले भन्दा बढी भ्रष्टाचार गरेका छन् । गतबर्ष चुस्तालगायतका सामान खरिदमा १० करोड भन्दा बढी घोटाला गरेको आरोप खनालमाथि छ । हरेक खरिदमा उनले प्रक्रिया समेत नपु-याई काम गरेका छन् ।

    सशस्त्र प्रहरीका आइजीपी खनालले सीमा सुरक्षाका लागि गठन भएको फौजलाई प्यारालाइज बनाएका छन् । उनले मन्त्रिपरिषदको निर्णय अनुसार तोकिएको दरबन्दी मन लागि आफैं थपघट गरेका छन् । र, तराईका सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको संख्या भारी कटौती गरी पहाडी जिल्लातिर सबै फौज केन्द्रित गरेका छन् ।

    भारतीय योजनाअनुसार उनले तराईका जिल्लाका सीमाबाट सशस्त्रको बोर्डरआउट पोष्ट र सीमा सुरक्षा कार्यालय हटाएका छन् । राजमार्ग सुरक्षा हटाएपछि तराईका जिल्लामा कुनै ठूलो घटना भएमा अब नियन्त्रण बाहिर जाने खतरा छ ।

    खनालले बोर्डर आउट पोष्टको संख्या बढाएको देखाए पनि ती पोष्टको सुरक्षाका लागि ५ जनामात्र राखिएको छ । जबकि खनालले दरबन्दी समायोजन गर्नुअघि बोर्डर आउट पोष्टमा ५० जनाको संख्या तैनाथ हुन्थ्यो । यूनाइटेड पोष्टमा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…