• काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा आयोजित कार्यक्रममा पार्टी एकीकरण हुँदा भएका समझदारी कार्यान्वयन नभए दुर्भाग्य हुने अभिव्यक्ति दिए ।

    एकीकरणका क्रममा भएका सहमति कार्यान्वयन हुने अवस्था नभएर अर्का अध्यक्ष केपी शर्मा ओलीसँग खटपट भएपछि प्रचण्डले मंगलबार कांग्रेससँग मिल्ने कुरा गरेका छन् ।

    देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल कांग्रेससँग मिलेर जानुपर्ने बताए ।

    भरतपुर महानगरपालिकाको चौथो नगर सभाको उद्घाटनमा उनले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

    ‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ,’ अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मबीच लगातार छलफल भइरहेको छ । हामी एक्लै हिँड्न सक्ने अवस्थामा छैनौं, शान्ति प्रक्रिया मिलेर गर्‍यौं, संविधान मिलेर ल्यायौं, हामी एउटै डुंगामा यसरी चढेका छौं कि त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनु हो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…