• काठमाडौं । दशरथचन्द नगरपालिका १ गुरुखोलाका हरिजितसिंह टेर ८० बर्ष पुगे । एउटा हातमा टेक्ने लट्ठी अर्को हातमा बोट बिरुवा । हरेक दिन जसो बजारमा भेटिन्छन् । कहिले फलफुल त कहिले तरकारीका बिरुवा । फलफूलको बिरुवा बिक्री गरेरै उनको दैनिकी चलेको छ ।

    हरिजितको स्वाभाव अचम्मको छ । केबल आफ्नो काम मात्रै सर्दैनन् समाजसेवाका लागि पनि ध्यान दिन्छन् । २ बर्ष अघि गाउँमा सडक ल्याउनु पर्ने माग राख्दै अनसन बसेका थिए । तत्कालीन समयमा उनको चर्चा व्यापक भएको थियो ।

    उनकै अनसनका कारण गाउँमा अहिले सडक पुगेको छ । गाउँमा सडक पुग्नुमा हरिजितको अनसनको महत्वपुर्ण भुमिका रहेको स्थानियबासि तथा जनप्रतिनिधि समेत बताउछन् ।
    उनका घरमा छोरा बुहारी पनि छन् । राम्रै कमाई गर्छन् । हरिजितलाई लाग्छ ‘सकुन्जेल आफ्नो लागि आफैं केही गर्नुपर्छ ।’ तन्नेरी हुँदैमा बोटबिरुवाको ब्यवसाय सुरु गरेका थिए । उमेरको हिसाब गर्ने हो भने बसेर खाने बेला हो । तर, उनको सक्रियता कुनै तन्नेरीको भन्दा कम छैन ।

    गाउँमा सडक पुग्नुमा हरिजितको अनसनको महत्वपुर्ण भुमिका रहेको स्थानियबासि तथा जनप्रतिनिधि समेत बताउछन् ।

    यो सिजनमा मात्रै उनको बारीमा एकहजार बढि रुखे गोलभेडाका बिरुवा तयारी अवस्थामा छन् । एउटा बिरुवाको २५ रुपयाँका दरले दैनिक ५० वटासम्म बिरुवा बिक्री गर्ने गरेको उनको भनाई छ ।
    ‘मेरो यो ब्यवसाय नै हो, कहिले सबै बिरुवा बिक्री हुन्छ त कहिले आधा पनि हुन्न ।’ उनले भने । उनको खेतमा हिउदेँ तथा बर्खे फलफुलका बिरुवा थुप्रै छन् । बिरुवा बिक्रीवाटै दैनिक ५ सयदेखि १ हजार सम्मकमाई हुने गरेको बताए । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…