साँच्चै भन्ने हो भने हाम्रो नेपाल पहिले जस्तो अहिले छैन । नेपालमा शाहवंशीय राजतन्त्र तथा हिन्दू देश अब एकादेशको कथा बन्न पुगेको छ ।
हुनत राजाका अरौटे भरौटेहरूलाई तथा स्वयम् पूर्वराजा ज्ञानेन्द्रलाई पनि यदाकदा लाग्दछ कि फेरि एकचोटि चमत्कार हुनेछ र नेपालमा राजतन्त्र फर्किन्छ तर यो कुरा मसानघाटमा जलाइसकेको लाश फेरि फर्केला भनेर देख्ने गरेको पागल व्यक्तिको दिवास्वप्न मात्रै हो ।
नेपालमा राजतन्त्र छैन यो कुरा जति साँचो हो, त्यति नै साँचो यो पनि हो कि वर्तमानको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नेताहरूको चुरीफुरी कुनै राजा महाराजाको भन्दा कम छैन । उनीहरूको रहनसहन पक्कै पनि जनताको सेवकको जस्तो छैन बरु मालिकको जस्तो बढी देखिन्छ ।
खासगरी कम्युनिस्टहरूको कुरा गर्दा त झन् खतरनाक अवस्था छ । वामपन्थी भनिएकाहरूसँग यतिबेला दुनियाँलाई देखाउन एक थान हँसिया–हथौडाको झन्डा र सर्वहारा वर्गीय दस्तावेजबाहेक कम्युनिस्टको नाममा अरू केही छैन । उनीहरूको व्यवहार पूरै बुर्जुवाको जस्तो भइसकेको छ ।
उनीहरूको निजी महल, खानपिन तथा रहनसहन हेर्दा सर्वहारा वर्गभन्दा पनि दलाल पूँजीवादीमा रूपान्तरण भइसकेको स्पष्ट हेर्न सकिन्छ । उनीहरू संसदीय चुनावी गोलचक्करमा फसेको स्पष्टै देख्न सकिन्छ ।
उनीहरूको उद्देश्य अब चुनाव लड्ने र सरकार बनाएर सुधार गर्ने तथा फेरि चुनावमा जाने नै रहेको छ । आवधिक चुनावको गोलचक्करमा उनीहरू यसरी फसेका छन् कि अब त्यसबाट निस्कन सक्ला जस्तो छाँटकाँट देखिंदैन ।
मूलतः बुर्जुवा प्रजातन्त्र भनेकै प्रत्येक पाँच वर्षमा चुनावमा जाने र जसरी पनि चुनाव जित्ने नीति बनाएर सोही अनुसार पार्टीलाई ढाल्दै लग्ने हो । संसदीय चुनावमा उम्मेदवार चरित्रवान् र सिद्धान्तनिष्ठ हुनुभन्दा पनि जित्न सक्ने व्यक्तिहरूकै खोजी हुन्छ ।
यस्तोमा पार्टीहरूको प्राथमिकतामा पैसा खर्च गर्न सक्ने दुई नम्बरको धन्धामा लागेका व्यक्तिहरू पहिलो सूचीमा हुन्छन् । यस्ता व्यक्तिहरू चुनाव जितेपछि जनताको सेवा अथवा विकासको काममा आप्mनो कार्यकाल बिताउँदैन ।
उनीहरू भ्रष्टाचार गरी वा कमिशनको खेलमा बढीभन्दा बढी सहभागी भई चुनावताका भएको लगानी असुल्नेतर्पm बढी जोड दिन्छन् । उनीहरूको ध्येय अर्काे चुनावमा फेरि खर्च गर्नलाई समेत पैसाको जोहो गर्ने गरी कार्यनीति निर्माण गर्ने गरेको विगतको १४ वर्षे बहुदलकालमा सबैले देखेकै हो ।
यतिबेला सांसदहरूले संसदीय विकास कोषको लागि दश करोड रुपैयाँ माग्नु कहीं न कहीं चुनावी खर्च उठाउनु र कार्यकर्ता पाल्नु नै रहेको भन्दा कुनै अतियुक्ति नहोला ।
त्यसैले दुई तिहाइ बहुमतको वाम सरकार पनि नेपाली काङ्ग्रेस र निर्दलीय पञ्चभैंm भ्रष्टाचारलाई संस्थागत गरी अकुत सम्पत्ति कमाउने कार्यलाई नै मुख्य प्राथमिकतामा राखेको देखिन्छ । फलस्वरूप एकातर्पm नेताहरू दिन प्रतिदिन धनाढ्य बन्दैछन् भने अर्कोतर्पm तस्कर, माफिया, अपराधी, भ्रष्ट आदिले पार्टी भरिंदै छ ।
कुनै जमाना थियो, जतिबेला कम्युनिस्ट पार्टीको सदस्य बन्न निकै कठिन थियो । कम्युनिस्ट बन्नु आपैंmमा एउटा गौरवको काम थियो । तर यतिबेला कम्युनिस्ट बन्नु निकृष्ट काम जस्तै हुन गएको छ । वर्तमानको कम्युनिस्टहरूको चरित्र हेर्दा कम्युनिस्ट शब्द गाली बेइज्जती गरे जतिकै हुन पुगेको छ ।
हिजोको दिनमा एउटा स्वाभिमानी व्यक्तिलाई पञ्च वा काङ्ग्रेसभन्दा गाली गरेको वा अपमान गरेको बुभ्mने मनोविज्ञानको विकास भएको थियो । यतिबेला कम्युनिस्ट भन्दा पनि त्यही भान हुने अवस्था विकसित हँुदै गएको छ ।
पहिले गिट्टी कुट्ने कम्युनिस्ट हुन्थे, अहिले बालुवा र गिट्टीका ठेकेदारहरू पनि कम्युनिस्ट छन् । पहिले हलो जोत्ने किसान कम्युनिस्ट हुन्थे तर अहिले जग्गाको दलाली गर्ने भूमाफिया र दलालहरू कम्युनिस्ट बनेका छन् । सिंहदरबारदेखि बालुवाटारसम्म उनीहरूकै रजगज चलेको छ ।
उनीहरूकै घेराबन्दीमा कम्युनिस्ट नेता तथा सरकारसमेत देखिन्छ । जबकि गरीबवर्गको उत्थान गर्ने भन्दै २००६ सालमा कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।
लामो सङ्घर्षको यात्रापछि यतिबेला कम्युनिस्ट पार्टी देशको सर्वाेच्च सत्ता सञ्चालनमा छ । तर सत्ताको स्वाद मुलुकभित्रका गरीब, निमुखा, उपेक्षित किसान, मजदूर, सर्वहाराले नभई माफिया, तस्कर, दलाल र ठेकेदारले लिइरहेका देखिन्छन् ।
यतिबेला आम जनसाधारणमा विकसित भइरहेको भावना यो हो कि कम्युनिस्टहरू पनि काङ्ग्रेस र पञ्च जस्तै छन् । कम्युनिस्टहरू पनि संसार बदल्ने गफ मात्रै दिन्छन् । तर सत्तामा पुगेपछि माफिया, तस्कर, दलालको सङ्गतले यिनीहरूको चरित्र बदलिने गरेको छ ।
भूमाफियादेखि कर छलीका नाइकेहरू नै पार्टीभित्र प्रवेश गरेपछि सोझा गरीब कार्यकर्ताहरू तिनलाई लालसलाम भन्न बाध्य छन् । दुई नम्बरियाहरू दिनदिनै नेताका घरमा धाउने र आप्mनो प्रभाव बनाउने भएपछि नेताहरू कम्युनिस्ट कम दलाल बढी हुँदै गएका छन् ।
यस प्रकारका घेराबन्दीलाई तोडेर निस्कनुपर्ने बेलामा झन्झन् नेताहरू तिनै दलाल, कमिशनखोरहरूको सौगात र कोसेलीमा रमाउने प्रवृत्तिले पार्टीभित्र कम्युनिस्ट संस्कारलाई तहसनहस पारेको छ ।
यतिबेला नेकपाको शक्तिशाली सरकार छ । तर एक वर्षसम्म सरकारको काम जनमुखी हुन सकेको छैन । कम्युनिस्ट पार्टीका शक्तिशाली व्यक्ति प्रधानमन्त्री बन्दा समेत लोकल्याणकारी राज्य सञ्चालन नभएपछि पार्टीभित्रका निष्ठावान् नेताहरूले दलाल नेताहरूविरुद्ध आक्रोश पोखेर मात्रै जिम्मेवारी निर्वाह गरेको ठहरिंदैन ।
पार्टीभित्रको दलाली र भ्रष्टीकरणविरुद्ध पूर्वएमाले र पूर्वमाओवादीभित्रका वैचारिक नेताहरूले सङ्गठितरूपमा पार्टीलाई कम्युनिस्ट पार्टी बनाउने, भ्रष्टहरूलाई नङ्ग्याउने तथा चुनावी गोलचक्करबाट निस्केर समाजवादमा पुग्ने नीति निर्माण गरी कार्यान्वयनतर्पm अग्रसर हुन जरुरी छ ।
अनिमात्रै कम्युनिस्ट पार्टीको विकास हुनेछ । होइन भने भारतमा विभिन्न राज्यमा लामो समयसम्म सत्तामा रहेको कम्युनिस्ट पार्टीको यतिबेला पतन भए जस्तै नेकपाको पनि पतन हुने अवश्यम्भावी छ । अन्तमा यो सान्दर्भिक मुक्तक सरोकारवाला नेता, कार्यकर्ताले मनन गर्न जरुरी ठानेको छु–
मीठो मसिनो खान पाँच तारे होटलहरूमा पल्केका नेता
झुपडीको दुःखभन्दा महलको ऐसोआराममैं सल्केका नेता
राष्ट्र र जनताका शत्रु हुन्, प्रगतिका बाधक हुन्, समयमैं बुझौं
विकास र समृद्धिको आडमा जीवनभर पद र पैसामैं ढल्केका नेता ।।
प्रतिककासाथमा ।