• नयाँ वर्ष २०७७ सालको अवसर पारेर प्रदर्शन तय गरिएको चलचित्र 'प्रेम गीत ३'लाई दर्शकले एकदमै रुची राखेका छन् । हाल निर्माण टिम चलचित्रमा एकपछि अर्को नयाँ तथा पुराना कलाकार भित्राऊदै छन् । यही क्रममा निर्माण टिमले ‘नाईं नभन्नू ल सिरिजबाट उदाएका एक ‘स्टार’ बाल कलाकार अनुभव रेग्मीलाई भित्राएका छन् । बाल कलाकार हुन् अनुभव रेग्मीले बताए अनुसार ,'चलचित्र 'प्रेम गीत ३'मा अनुबन्धित भएसँगै आफु ‘प्रेम’ को भूमिका निर्वाह गर्न निकै उत्साहित रहेको र उक्त भुमिकामा काम गर्न त्यती सजिलो नरहेको बताउछन् ।' उनि भन्छन् ,'आफु 'प्रेम गीत ३'मा आबद्ध हुन पाउनु आफ्नो लागि ठूलो उपलब्धि रहेको बताउँछन् ।'

    निर्माण टिमले बताए अनुसार ,'हामी प्रेमगीत ३ मा ‘प्रेम अर्थात प्रदीप खड्काको सानो हुँदाको रोलका लागी बाल कलाकारको आवश्यकता थियो । अनुभव प्रेमको भुमिकामा फिट लाग्यो र हामीले उनलाई प्रेमको भुमिकामा अनुबन्धित गरेका हौं ।’ चलचित्रमा प्रेमको अपोजीटमा काम गर्ने अभिनेत्री केही दिनमा फाइनल गर्ने निर्माण टिमले जानकारी दिएका छन् । चलचित्रको छायांकन भने दशैंपछि सुरु हुँदैछ ।

    चलचित्रमा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा लगायत कलाकारको पनि अभिनय रहनेछ । चलचित्र 'प्रेम गीत ३' पहिलो र दोस्रो सिरिज भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण टिमको विश्वास छ । चलचित्रमा शिवले राजा अर्थात् नायक प्रदिप (प्रेम)का बाबुको भूमिका निर्वाह गर्नेछन् भने छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिनेछन् ।

    २ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका छन् । आसुसेन फिल्मस प्रोडक्सनको व्यानरबाट निर्माण हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् भने सन्तोष सेन र विजय चाम्लिङले मिलेर लगानी गर्ने भएका छन् । चलचित्र ’प्रेमगीत ३’ नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र २८ गतेबाट प्रदर्शन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…