• काठमाडौं। दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्न गृहकार्य सुरु भएको छ। बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुटाकारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गगठन गर्ने विषयमा छलफल भएको हो।

    दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमतिपछि प्रधानमन्त्री ओलीले संभावित मन्त्रीका रुपमा हेरिएका पूर्व एमालेबाट तीन जना नेतालाई बालुवाटार बोलाएका थिए।

    ओलीले योगेश भट्टराई, महेश बस्नेत र पावर्त गुरुङलाई बालुवाटार बोलाएर छलफल गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीतर्फबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल र प्रभु साहलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए। पूर्व एमालेबाट तीन जना र पूर्वमाओवादीबाट तीन जनालाई मन्त्री बनाउने तयारी उनीहरुसँग छलफल गरिएको बताइएको छ।

    ‘बुधबार अध्यक्षद्वयले सरकारका विषयमा छलफल गर्न मलगायत केही नेतालाई बालुवाटार बोलाउनु भएको हो थियो,’छलफलमा सहभागी नेकपा नेता देवेन्द्र पौडेलले डिसी नेपालसँग भने, ‘मन्त्रिमण्डल पुनगर्ठनका विषयमा भन्दा पनि सरकारको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भयो।’

    पौडेलका अनुसार मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएपनि कहिलेसम्म हुन्छ भन्ने टुंगो लागेको छैन। स्रोतका अनुसार १३ शुक्रबार दुवै सदनबाट बजेट पारित भएपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने सहमति भएको छ। पूर्व एमालेबाट तीन र पूर्वमाओवादीबाट तीन गरी ६ जना मन्त्री परिवर्तन गर्ने विषयमा दुवै अध्यक्षबीच सहमति भएको छ।

    दुवै तर्फबाट ६ जना मन्त्री परिवर्तन गर्ने सहमति अनुसार संभावित मन्त्रीलाई बोलाएर छलफल गरिएको स्रोतले जनाएको छ। यद्यपी को को मन्त्री परिवरर्तन हुँदैछन् भन्ने खुलाइएको छैन।

    तर स्रोतका अनुसार पूर्वमाओवादीबाट उद्योग मन्त्री मातृका यादव, कृषि मन्त्री चक्रपाणि खनाल परिवर्तन हुने पक्का जस्तै छ। एक जना मन्त्रीको विषयमा भने केही खुलाइएको छैन। प्रचण्डले जनार्दन शर्मालाई मन्त्री बनाउन लागेका कारण शर्मालाई गृहमन्त्रालयको जिम्मेवारी दिने विषयमा पनि छलफल चरिहेको छ। तर वर्तमान गृहमन्त्री बादललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पेचिलो बनेको छ।

    त्यसैगरी पूर्व एमालेबाट भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ परिवर्तन हुने संभावना रहेको छ। महासेठले सम्हाल्दै आएको मन्त्रालय महेश बस्नेतलाई दिने सहमति भएको स्रोतले दाबी गर्यो। पार्वत गुरुङ र योगेश भट्टराईलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल चलिरहेको छ।

    स्रोतका अनुसार योगेश भट्टराईलाई संचार र पार्वत गुरुङ पर्यटन मन्त्रालयको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ। छलफल सकारात्मक भए वर्तमान संचारमन्त्री गोकुल बास्कोटा परिवर्तन हुनेछन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन छ।

    बुधबार बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयले संभावित मन्त्रीसँग कार्ययोजना मागेका छन्। प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति भएपनि त्यसको जानकारी हालसम्म राष्ट्रपति कार्यालयलाई गराइएको छैन। शितल निवास स्रोतका अनुसार एक हप्ताअघि नयाँ मन्त्रीले सपथ ग्रहण गर्ने संभावना छैन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…