• असार १२, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेट जनमुखी भन्दा पनि जन प्रतिनिधिमुखि भएको उद्योग वाणीज्य सघ पथरीले जनाएको छ ।
    नगरपालिकाले मंगलवार जम्मा ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।
    नगरपालिकाले वजेट विनियोजन गोप्य रुपमा गरेपछि यति वेला नगरपालिकाको चौतर्फी विरोध भएको छ ।
    नगरपालिकाले विनियोजन गरेको आर्थिक वर्षको बजेट विभिन्न शीर्षकमा कनिका छरेजस्तो छरिएको पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले बताए ।
    बस्नेत भन्छन्–“ नगरले सार्वजनिक गरेको बजेटको विषयमा उद्योग वाणिज्य सङ्घ अनभिज्ञ छ, उद्योग वाणिज्य सङ्घ नगरपालिकाको राजस्व परामर्श समितिको सदस्य रहने व्यावस्था भए पनि हाल विनियोजन गरेको बजेटमा सङ्घलाई सहभागी गराइएन ।”

    स्थानीय तहलाई आन्तरिक स्रोत सङ्कलन गर्नसमेत अधिकार दिए पनि त्यसको पूर्ण उपयोग नभएको सङ्घले जनाएको छ ।
    उद्योगका क्षेत्रमा पालिकाले दिएको वजेट कटौराको चटनी भएको उद्योग वाणीज्य सघको भनाई रहेको छ ।
    सघले भवन निर्माण र औद्योगिक विकासका लागि भनेर रकम माग गरेको भएता पनि नगरको आर्थिक समृद्धिको लागि योगदान दिदै आएको सस्थालाई वेवस्था गर्दै झारो टार्न खोजेको वस्नेतको भनाई रहेको छ ।
    चालु् आर्थिक वर्षमा खर्च नभएर रहेको मौज्दात रकमलाई पनि स्रोत मानेर स्थानीय तहले बजेट बनाउन सक्ने प्रावधान संविधानमा रहेको छ । तर गत वर्षको मौज्दातको वारेमा सम्म आफुलाई जानकारी नभएको उनि वताउछन् ।
    नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १७ करोड १२ लाख, सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान १७ करोड ८१ लाख, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त ११ करोड ३२ लाख रुपैयाँका साथै प्रदेश सरकारबाट प्राप्त अन्य रकम र आन्तरिक आयस्रोतबापत ४ करोड ९७ लाख ३० हजार रुपैयाँ अनुमान गरी बजेट ल्याइएको हो ।
    गत वर्ष ६० करोड २९ लाख २७ हजारको आय अनुमान गरिँदा वडामा ८५ लाखको बजेट सिलिङ थियो । यस वर्ष प्रत्येक वडाका लागि १ करोडको बजेट सिलिङ प्रदान गरिएको छ । गत वर्ष भन्दा झन्डै ११ करोड बढी आय अनुमान गरिएको बजेटले सवै क्षेत्रलाई समेटे पनि सवै क्षेत्रमा कनिका छरेजस्तो छरेको स्थानिय सरोकारवाला हरुको भनाई रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…