• काठमाडौं । सत्ताधारी नेकपाले मुलुक र जनताको मन जित्न नसकेको अबस्था छ । चौतर्फी ओली सरकारको बिरोध छ । विभिन्न विधेयकले जनता आक्रान्त बनेका छन् ।

    आम नागरिकदेखि सञ्चार माध्यम समेत यती बेला सकसमा परेका छन् । सरकारले विधेयक फिर्ता लिएपनि गुठी–प्रेमीहरुले स्वागत गर्न चाहेनन् ।

    मानवअधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विधेयक सम्बन्धमा जिम्मेवार भएर बहस छलफल गर्नु पर्ने लोकतन्त्रको पहरेदार मानिने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस यतीबेला आन्तरिक खिचातानीमा मानामानी मात्र होइन, आन र मानको लडाईमा जुंगा जुधाईमा समय खर्चिएका छन् ।

    नेपाली काँग्रेस सत्ता बाहिर हुदाँ पनि भागबण्डाकै लडाई ? पछिल्लो समय काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टीभित्र घेराबन्दी बढेको छ । उनलाई कुनै हालतमा सभापतिबाट हटाउन पार्टीका शक्तिशाली नेताहरु एक ढिक्का हुन थालेका छन् ।

    देउवालाई अहिले नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले चुनौती दिइरहेका छन् । त्यसो त उनले बेलैमा महाधिवेशन नगरे कडा कदम चाल्ने चेतावनी समेत दिइसकेका छन् ।

    जागरण अभियान सकेर समिक्षा भइरहँदा सिटौलाले शक्ति देखाउन थाले । गुटको राप र ताप नभएपनि आफ्नो पार्टी भित्र पकट जमाउने सिटौलाको खेल जारी छ ।

    उनी बुधबार आयोजित जागरण अभियानबारेको अन्र्तक्रिया बैठकमा सहभागी भएनन् । बैठक बहिष्कार गर्दै देउवालाई चुनौती दिए । सिटौला पक्ष्मधरहरुको कांग्रेसीहरुको भनाई हो यो ।

    सिटौलाले अब देउवाले महाधिवेशन गर्न आलटाल गरे विशेष महाधिवेशन गरेर हटाउने रणनीति त बने तर बर्तमान सरकारको कमजोर अवस्थामा कांग्रेसको भुमिका कमजोर भयो । जनतामा राम्रो म्यासेज दिन सके पार्टी बलियो हुन्छ भन्नेमा कुनै शिर्ष तहका नेताहरुको ध्यान जान सकेको छैन् ।

    सिटौलालाई नै उक्साउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कम्मर कसेर लागि परेका छन् । देउवा हटाए गजव हुन्छ भन्ने केहि नेताहरुको भ्रम पनि छ ।

    त्यसो त, दुई नेतासँगै शेखर कोइराला र अर्जुननरसिंह केसी लगायत समेत यतीबेला देउवालाई पन्छाउने रणनीति मा ताली पिटिरहेका छन् । काँग्रेसभित्र देउवाविरुद्धको मोर्चाबन्दीले नेतृत्वको प्रतिष्पर्धा पनि बढाएको छ ।

    आगामी महाधिवेशनका लागि काँग्रेसभित्र को भन्ने गणितीय अभ्यास भइरहेको छ । देउवा स्वयं अर्को कार्यकालका लागि तयारी गरिरहेका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल,कोइराला परिवारका डा.सशांक कोइराला र शेखर कोइरालाका अलावा पूर्व महामन्त्री प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला लगायत अघि सरिरहेका छन् । देउवाविरुद्ध पौडेल, सिटौला, सिंह र कोइराला परिवार अहिले एक कित्तामा उभिएको छनक देखिएको छ ।

    अर्को समाचार

    add
सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…