एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम ४ मा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमा गरिएको थियो । जसमा ब्राजिल भाग्यमानी ठहरियो । खेलको अधिकाश समय बल नियन्त्रणमा राखेपनि ब्राजिलले निर्धारित समयमा गोल गर्न भने सकेन ।
ब्राजिलले अब सेमिफाइनलमा भेनेजुयला र अर्जेन्टिनाबीचको विजेतासग प्रतिस्पर्धा गर्नेछ ।