• आज शुक्रबारबाट दुई नेपाली चलचित्र ‘आप्पा’ र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ हलहरुमा प्रदर्शन भएको छ । दुई नयाँ फरक जनराका चलचित्र मुलुकभर प्रदर्शनमा आएका छन् ।

    ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’:

    फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् भने प्रेम खड्गी र अनन्त श्रेष्ठले मिलेर निर्माण गरेका छन् । चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्मातामा रहेका छन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन गरेका हुन् । चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायत कलाकारको अभिनय रहेको छ । ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसगको समन्वयमा निर्माण गरिएको हो । पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।

    ‘आप्पा’:

    अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका छन् भने रुदेन सादा लेप्चाले लगानी गरेकी छिन् । चलचित्रमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको साथमा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको पनि मुख्य भुमिका रहेको छ । बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…