• काठमाडौं । दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री केपी ओलीको सरकार गम्भीर समस्यामा पर्दै गएको संकेतहरु सार्वजनिक हुन थालेका छन् ।

    डेढ वर्ष पार गर्दा पनि जनताको अपेक्षा र चुनावी प्रतिबद्धता अनुसार काम गर्न नसक्दा जनताको नजरबाट गिरेको ओली सरकारमाथि पार्टीभित्रैबाट समेत चर्को दबाब सृजना भएको छ ।

    सरकार र प्रधानमन्त्री ओली एकाएक रक्षात्मक अवस्थामा पुगेको आभाष भईरहेको बेला प्रधानमन्त्रीको सल्लाहकारहरुले नै सरकारको भविश्य सकिदै गएको पुष्टि गर्न थालेका छन् ।

    जसबाट आली सरकारको दिनगन्ती सुरु भएको त होइन ? भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले गत मंगलबार विहान सामाजक संजाल फेसबुक र ट्वीटरमा सरकार चौतर्फी घेराबन्दीमा परेको भन्दै चिन्तायुक्त पोस्ट गरे ।

    उनले लेखेका छन्–बढ्दो जन अपेक्षा, सरकारको कमजो र डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्ट्याउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने ।

    यसका लागि कुन कुन व्यक्ति र शक्तिहरुलाई एक ठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता सृजना गर्न सकिन्छ त्यो गर्ने खेल भइरहेको छ ।

    राज्यमन्त्री स्तरको सेवा सुविधा लिएर दिनरात बालुवाटारमा बस्ने र प्रधानमन्त्री ओलीसँग देश विदेशका यात्रामा समेत सँगै भइरहने महत्वपूर्ण सल्लाहकारबाट यति गम्भीर खालको पोस्ट सामाजिक संजालमा आउनुलाई सामान्य रुपमा लिन सकिँदैन ।

    परराष्ट्र सल्लाहकार समेत भएकाले राजन भट्टराई देशी विदेशी सूचनाको पहुँचमा पनि रहेका छन् भन्ने मान्नु पर्दछ । त्यस्तो व्यक्तिले वर्तमन राजनीतिक प्रणाली र संविधान नै उल्ट्याउने खेल भइरहेको छ भन्नु भयंकर संकेत हो ।

    संविधान नै उल्ट्याउनका लागि चानचुनले शक्तिको बुताबाट संभव नहुनु पर्ने हो । संविधान स्वीकार नगर्ने देशभित्रका शक्तिहरुसँग अहिले नै त्यो खालको तागत छ भन्ने देखिँदैन ।

    त्यसका लागि विदेशी शक्ति नै अपरिहार्य छ । त्यसो भए विदेश मामिला सल्लाहकार राजन भट्टराईले कुन विदेशी शक्तिप्रति लक्षित गरेका हुन त ? राजनीतिक विश्लेषकहरु ओली सरकार भारतबाट तर्सिएको हो कि भन्ने आशंका व्यक्त गर्दछन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर फर्किदै ओली त्रसित अवस्था रहेको जानकारहरु बताउँछन् । एक त मोदीको बढ्दो शक्ति र दोस्रो ओलीसँग एकदमै तिक्ततापूर्ण सम्बन्ध रहेका एस जयशंकर भारतको विदेशमन्त्री बन्नु ।

    त्यसमाथि भाजपाको माउ संगठनले नरेन्द्र मोदीलाई दोस्रो कार्यकालका लागि अनुमति दिने क्रममा दिइएका ७ वटा कामको पहिलो नम्बरमै नेपाल मिसन रहनुले पनि ओली र उनको समूह त्रसित बनेको हुनसक्ने विश्लेषण गरिँदै छ ।

    भारतबाट फर्केर ओली लगत्तै युरोप जानुको कारण पनि भारतले अप्ठेरो पारेको खण्डमा कतैबाट सहानुभूति बटुल्न सकिन्छ कि भन्ने आशा हो भनिन्छ । तर, युरोपमा पनि ओलीले त्यस्तो कुनै सकारात्मक जवाफ नभेटेको जानकारहरु बताउँछन् ।

    यता, उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले हालै नेपाली पत्रकारहरुसँग नेपाल हिन्दू राज्य बन्न तयार हुनुपर्छ भन्ने सन्देश दिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । आदित्यनाथको उक्त भनाइको न सरकारी तवर न त नेकपाको पार्टी तवर वा न अरु कुनै दल वा व्यक्तिहरुले विरोध गरेका छन् ।

    यसैबीचमा बरु अमेरिकी सरकारको एउटा प्रतिवेदनको हवाला दिँदै भारतीय सत्तारुढ पार्टी भाजपाले नेपाललाई हिन्दू राष्ट्र बनाउन लगानी र चलखेल गरिरहेको प्रतिवेदन बाहिर ल्याइएको छ । अमेरिकीहरु नेपाल हिन्दू राष्ट्र बनोस भन्न उभिन्छन् भन्ने त कल्पनाको पनि कुरा भएन ।

    उनीहरु त सकेसम्म रोक्ने पक्षमै उत्रने पक्का छ । बरु भारतीयहरुले चीनलाई उक्त मुद्दामा सहमत गराइसकेका हुन् कि भन्ने संकेत पनि ओली सत्ताले पाईसकेको आंकलन गरिएको छ ।

    यदि भारत र चीन नेपाल मामिलामा एक ठाउँमा उभिने हो भने संसारको अरु कुनै पनि तागतले उनीहरुलाई रोक्न सक्ने छैन ।

    चीन आफैंले पनि देशभित्र हजारौं चर्चहरुमा डोजर चलाइरहेकाले उसले क्रिश्चियानिटीभि पश्चिमाहरुको राजनीतिक दाउ पेच लुकेको हुन्छ भन्नेमा स्पष्ट रहेको बुझ्न सकिन्छ । नेपालमा ईशाइहरु बढ्नु भनेको चीनकै लागि पनि कालान्तरमा चुनौती नै हो ।

    त्यसैले मोदी र सी चिनफिङबीच यसमा सहमति नहोला भन्न सकिँदैन । अर्कोतर्फ सत्तारुढ दल नेकपा आफैंमा पनि संकटगस्त अवस्थामा पुगेको छ ।

    जोर पाइलट मध्येका एक प्रचण्डले पार्टी एकताको समयमा सहमति पालना नभए गम्भीर दूर्घटना हुन्छ भन्ने चेतावनी हप्तैपिच्छे दिइरहेका छन्, नेपालीपत्रमा उल्लेख छ ।

    पूर्व एमालेहरुले प्रचण्डको अभिव्यक्तिलाई पनि विदेशी चलखेलकै अंशको रुपमा व्याख्या गर्ने गरेका छन् । राजन भट्टराईले व्यवस्था परिवर्तन गर्न नसके ओली सरकार विस्थापन गर्ने कुरा गर्नुलाई प्रचण्डका गतिविधिसँग दाँजिएको छ ।

    प्रचण्ड कुनै पनि बेला आफ्नो गोठ लिएर बाहिरिन सक्ने संकेत पाएपछि ओली पक्षले जनताको बहुदलीय जनवाद नछोड्ने भन्दै आफूहरु पनि पुरानै पार्टी ब्युँताउन लागि पर्ने संकेत गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…