•  

    काठमाडौँ, असार १३ गते । ‘आनन्द’ लिन मान्छेले भजन गाउँछन, समाज सेवा गर्छन तर केही यस्ता मानिस पनि हुने रहेछन् जसले अरुलाई पीडा दिएर आनन्द लिने बताउँछन् । नैकापमा बस्दै आएका एक युवकले ‘युवतीको शरीरमा ‘सुई’ घोचेर वेग्लै किसिमको आनन्द लिन गरेको पाइएको छ ।
    काठमाडौं उपत्यका भएका शृङ्खलावद्ध सुई आतङ्कको घटनामा संलग्न रहेको अभियोगमा विहीवार राति महाराजगञ्जबाट पक्राउ परेका रामेछापका ३० वर्षीय सन्तोष कार्कीले युवतीलाई सुई घोच्दा आनन्द आउने गरेको वयान दिए पछि प्रहरी अधिकारीले पत्याउन सकेका छैनन् ।
    अभियुक्त कार्की परिवारको कान्छो सन्तान हुन । घरमा श्रीमती र दुई सन्तान छन् । महाराजगञ्जस्थित आफ्नै लगानीको फाष्टफूड रेष्टुराँबाट साँझको समयमा नैकापस्थित कोठामा फर्किदा सडक किनारामा भेटिने एक्लो दोक्लो युवतीलाई सुई ( ढलान किलो) ले घोपेर भाग्दै आएका थिए ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार, अभियुक्त कार्कीले आनन्द लिन युवतीलाई सुई घोच्ने गरेको वयान दिएका छन् । महाराजगञ्जस्थित क्याफेबाट कोठामा पुग्न उनले लैनचौर, सोह्रखुट्टे, पकनाजोल, क्षेत्रपाटी, ढल्को, टंकेश्वर र नैकाप रुट प्रयोग गर्थे ।
    अभियुक्त कार्कीका लागि कोठा पुग्न यो रुट लामो भए पनि सुई आक्रमणका लागि भित्री सडक प्रयोग गर्ने गरेको भनाई प्रहरीको छ । भित्री सडकमा युवती एक्लो भेटिने भएकाले उनले लामो रुट प्रयोग गरेको हुनसक्ने भनाई प्रहरी अधिकारीको छ ।
    सुई घोच्नु अघि उनले युवतीको अनुहार हेर्ने गर्थे भने कतिपयलाई पछाडिबाट नै हरेर राम्री या नराम्री भनेर छुट्याउने गर्थे । यसरी टाढैबाट राम्री नराम्री युवती छुट्याइ सकेपछि मोटरसाइकल टक्क रोकेर खल्तीबाट सुई झिकेर राम्री लागेका केटीको को शरीरको एकभागमा घोचेर फरार हुन्थे ।
    मनोविदहरूले कार्कीका देखिएको यो एक किसिमको रोग भएको बताएका छन् । मनोविद करुण कुँवर अरुलाई दुःख दिदा आनन्द लिनु नै ‘साइको’ समस्या भएको बताउनुहुन्छ । कतिपय पुरुषमा चिमोठ्ने, टोक्ने, घाउ बनाइ दिने, सुईले घाच्ने र रुन बाध्य पार्ने अनौठो किसिमको रोग हुने गरेको जानकारी उहाँले दिनुभयो ।
    अर्कालाई दुःख दिदाँ आनन्द लिनु भनेको त पागलमन हो उहाँले भन्नुभयो–अपरिचित युवतीलाई सुई घोप्दा आनन्द आउनु त मानसिक रोगको समस्या हो । यसले घरपरिवारलई पनि क्षति पु¥याएको हुन्छ । यसको कानुनी उपचारसंगै औषधि उपचार आवश्यक रहेको भनाई उहाँको छ ।
    a

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…