• काठमाडौं । नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य अघि बढेको छ ।

    दुई पार्टी समायोज गर्नका लागि गठित समायोजन समितिले २०७५ मंसिर २८–पौष ८ सम्म काठमाण्डौंमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट सहभागी भएका २०० जना महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देश दिएको छ ।

    कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको अध्यक्षतामा बसको बैठकले उपसभापति विजयकुमार गच्छदारद्वारा चैत्र २८, २०७५ मा प्राप्त तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५४६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई समितिबाट दुई हप्ताभित्र छानविन गरी निर्णय सहित केन्द्रमा पठाउन निर्देश दिएको छ ।

    जिल्ला स्तरीय छानविन समितिमा नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहेका छानविन समिति रहनेछ।

    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारबाट तोकिएका प्रतिनिधि सदस्य रहने छन् । बैठकको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सभापतिले गर्ने छन् ।

    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट प्रस्तुत भएका समायोजन सम्बन्धी बाँकी प्रस्ताव माथिको छलफल जारी राहने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको समायोजन सम्बन्धमा हालसम्म भए गरिएका कार्य प्रगतिको प्रतिवेदन यही आषाढ २२ देखि प्रारम्भ हुने पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…